प्रकाशित मिति : बिहिबार, साउन १०, २०७५
चितवन, १० साउन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी शुशील सिंह राठौरले आन्दोलनले उग्ररूप लिन थालेपछि बाध्य भएर गोली नै चलाउनुपरेको बताउनु भएको छ ।
उहाँले आन्दोलनकारीलाई पटक पटक सम्झाई / बुझाई गर्दा गराउदा समेत ब्यक्तिको निजी सम्पत्ति माथि तोडफोड एवं आगजनी गर्दै शान्तिसुरक्षामा खल्ल पुर्याइ भरतपुरस्थित केन्द्रीय बस टर्मिनल चोकमा रहेको चौकीमाथि नै आक्रमण गर्न थालेपछि ड्युटीमा खटिएका प्रहरीले आत्मरक्षाका लागी गोली चलाउनु परेको बताउनु भएको छ ।
उहाँले भन्नुभयो : आफ्नु माग पूरा गराउने उद्देश्यले अक्समात रूपमा घण्टौंदेखी राजमार्ग नै अबरुद्ध गरेर मेचीदेखि महाकालीसम्मबाट आउनुभएका यात्रु एवं सर्वसाधारणलाई दु:ख दिने, जनतामाझ त्रास फैलाई निजी सम्पत्तिमाथि जथाभावी आक्रमण गर्दै हिंड्ने, ड्युटीमा खटिएका प्रहरीलाई दुब्यबहार एवं हातपात गर्ने प्रहरी चौकीमै आक्रमण गर्ने, पटक पटक सम्झाइ बुझाई गर्दा गराउदा समेत प्रहरी माथि नै जाइलाग्ने यी र यस्ता गतिविधि हुन थालेपछि प्रहरीले बाध्यताबश गोली चलाएको हो ।
प्रहरीमाथि आक्रमण गर्ने र जनताको निजी सम्पत्तिमाथि तोडफोड एवं आगजनी गर्दै हिंड्ने अधिकार कसैलाई छैनन्, शान्तिपूर्ण आन्दोलन भन्ने अनि आन्दोलन रणभुमीमा परिणत गरेपछि प्रहरीले हात बाँधेर बस्ने कुरो पनि भएनन् ।
“स्वंम प्रहरी र चौकी नै असुरक्षित भएपछि आत्मरक्षाका लागी प्रहरीले जुनसुकै समयमा पनि गोली चलाउन सक्छ । प्रहरी चौकी, प्रशासनलगायत जिल्लाका संवेदनशील क्षेत्रमाथि आक्रमण गर्नेलाई गोली हान्न प्रहरीले कसैको अनुमति लिनु पर्देन ।”
जुन उद्देश्यका लागी त्यहाँ प्रहरी खटाइएको हो, त्यो उद्देश्य कर्मचारीले पूरा गरेका हुन् । एसपी राठौर भन्नुहुन्छ : समयमै प्रहरीले कुनै कदम नचालेको भए त्यहाँ घट्नाले अर्कै मोड लिन्थ्यो, हत्ताहत्तीसम्म हुन्थ्यो , दर्जनभन्दा बढी सवारी आक्रमक हुन्थे त्यस्को जिम्मा कस्ले लिन्थ्यो, हो आन्दोलन नियन्त्रणबाहिर जान थालेपछि हामीले सुरुमा लाठीचार्ज गर्यो, त्यसपछि दर्जनौं अश्रुग्यास प्रहार गर्यो, त्यसपछि १० राउन्ड हवाई समेत फायर गर्यो अनि मात्रै गोली चलाएका हौं ।
सुरुमै हामीले गोली चलाएका होइनौं, गोली चलेपछि स्थिती नियन्त्रणमा आएको हो, एसपी राठौर भन्नुहुन्छ : हिजोको घट्नाले हामी पनि दुखिद भएका छौँ ।न्युजअभियन डटकमबाट
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij