शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत

  • प्रकाशित मिति : शुक्रबार, साउन ११, २०७५



  • काठमाडौँ, ११ साउन –  प्रतिनिधिसभाको बैठकमा “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” प्रस्तुत भएको छ ।

    प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक सदनमा प्रस्तुत गर्नुभएको हो ।

    विधेयक सदनमा प्रस्तुत गर्दै मन्त्री पोखरेलले मौलिक हकको रुपमा रहेका शिक्षा र स्वस्थ्यलाई ऐन बनाएर कार्यान्वयन गर्नेतर्फ सरकार अग्रसर रहेको बताउनुभयो ।

    उहाँले विधेयकमा आयोगलाई विश्वास गरिएको र स्वास्थ्य क्षेत्रका समाधान त्यसै आयोगका माध्यमबाट समाधान हुने धारणा व्यक्त गर्नुभयो ।

    मन्त्री पोखरेलले विधेयक मुलुकका लागि आवश्यक भएर नै ल्याइएको बताउँदै सहमतिमा छलफल गरी शिघ्ररुपमा अघि बढाउनका लागि सहयोग गर्न सांसदलाई आग्रह गर्नभयो ।

    उक्त विधेयकमाथि विरोधको सूचना हाल्नुभएका सांसदद्वय काँग्रेसका गगन थापा र संघीय समाजवादीका फोरम नेपालकी सरिता गिरीले आ–आफ्नो विरोधको सूचना फिर्ता लिनुभएको थियो ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राख्नुभएको विरोधको सूचना भने बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij