आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अपराध नियन्त्रणका लागि सहकार्य आवश्यक

  • प्रकाशित मिति : शनिबार, साउन १९, २०७५



  • काठमाडौँ, १९ साउन (रासस)- विदेशी पर्यटकको मुख्य आकर्षणको केन्द्र ठमेलमा हुने अपराध नियन्त्रणका लागि प्रहरी र नागरिकबीच सहकार्य आवश्यक रहेको बताइएको छ ।

    महानगरीय प्रहरी वृत्त लैनचौरले आज यहाँ आयोजना गरेको ‘नागरिक सुनुवाइ कार्यक्रम’का वक्ताहरुले प्रहरी एक्लैले मात्र अपराध नियन्त्रण गर्न नसक्ने भन्दै यसका लागि स्थानीय सहयोग आवश्यक रहेको बताएका हुन् ।

    कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले काठमाडौँको शान्ति सुरक्षाका लागि प्रहरीले इमान्दारीपूर्वक काम गर्दै आइरहेको बताउनुभयो ।

    काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले ठमेल क्षेत्रमा शान्तिसुरक्षा कायम राख्न प्रहरीले सोचेजस्तो काम गर्न नसकेको बताउनुभयो । “नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने ठमेलमा आउने पर्यटकलाई सहज वातावरण बनाउन प्रहरी र जनप्रतिनिधि हातेमालो गरेर अगाडि बढ्नुपर्छ,”–उहाँले भन्नुभयो ।

    काठमाडौँ महानगरपालिका– १७ का अध्यक्ष नवीन मानन्धरले समृद्धिको मुख्य आधार शान्ति सुरक्षा भएकाले शान्ति सुरक्षालाई मजबुद बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।

    महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले जनसमुदायबाट पाएका सल्लाह र सुझावका आधारमा प्रहरीले काम गर्दे आइरहेको बताउनुभयो ।

    लैनचौर प्रहरीले एक महिनाको अवधिमा ६ हजार ६९२ सेवाग्राहीको गुनासो सम्बोधन, ३९ पर्यटकको समस्या समाधान, ज्यान मार्ने उद्योगमा संग्लन चारजनालाई पक्राउ, रु २० लाखसहित एक हुण्डी कारोबारी पक्राउ, विभिन्न वन्यजन्तुको छालासहित ६ पक्राउ, मोटरसाइकल चोरी गर्ने दुईजनालाई पक्राउ गरिसकेको वृत्तप्रमुख केसीले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij