आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लनटेनिस टोली मलेसिया प्रस्थान

  • प्रकाशित मिति : बुधबार, साउन २३, २०७५



  • इण्डोनेसियामा हुने १८औँ एसियाली खेलकूदमा सहभागी हुने लनटेनिस टोली वैदेशिक प्रशिक्षणका लागि आज मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।

    खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा नौ दिन प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकाले नेपाली खेलाडीले उनीहरुसँग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ ।

    पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षक भूषण बज्राचार्य र प्रणव खनाल रहेका छन् । महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा रहेको टेनिस संघले जनाएको छ । एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउनेछ ।

    लनटेनिसमा नेपालले सन् १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो । सहभागिताको यात्रा सन् १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो । त्यसपछिका लगातार चार संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएको थिएन । चीनको ग्वान्झाव एसियाडदेखि भने नेपालको सहभागिता पुनःनिरन्तर छ ।

    लनटेनिस टोली आगामी भदौ १ गते मलेसियाबाटै इण्डोनेसिया जाने तालिका छ । एसियाडअन्तर्गत लनटेनिस भदौ ३ देखि १० गतेसम्म हुनेछ । टोलीलाई नेपाल टेनिस संघकी अध्यक्षसमेत रहनुभएका नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा लगायतले बिदाइ गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij