आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दलितका विषयलाई महत्व नदिएको गुनासो

  • प्रकाशित मिति : बुधबार, साउन २३, २०७५



  • ललितपुर, २३ साउन (रासस) ः सांसद, दलित अधिकारकर्मी, बुद्धिजीवी लगायतले दलितका विषयलाई महत्व नदिइएको गुनासो गरेका छन् ।

    बादी उत्थान विकास समितिले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनीहरुले राजनीतिक, सामाजिक, सञ्चारमाध्यम सबैले दलितका विषयवस्तुमा गम्भीर हुनुपर्नेमा जोड दिएका हुन् । समितिका उपाध्यक्ष रामे बादी यो समुदाय आर्थिक र सामाजिकरुपमा पछि रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक टुक्रा जग्गासमेत नहुँदा धेरैले कठीन जीवन बिताउनुपरेको छ ।” यो समुदायको उत्थानका लागिसमेत समिति खारेज गर्न नहुनेमा उहाँको जोड छ ।

    प्रतिनिधिसभा सदस्य पार्वती बिसंखेले आफूले पटकपटक दलित भएकै कारण भोगिरहेका समस्याका बारेमा सदनमा राखिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतै जनप्रतिनिधि नै दलित हुँदा मारिने त कतै दलित भएकैले घर भाडामा नपाउँदा विषय उठाउँदा पनि मिडियाको ध्यान दिएनन् ।” कुनै पनि साहित्यिक सिर्जना गर्दा दलितलाई होच्याउ विषयवस्तु र शब्द राख्न नहुनेमा उहाँको जोड छ ।

    पूर्वसांसद हरि श्रीपाइलीले बादी समुदायको वास्तविकता बुझ्नका लागि उनीहरुको बस्तीमा कम्तीमा एक रात बिताउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ बसेर आएर लेख्दा मात्रै साहित्यकारले वास्तविकता लेख्न सक्छन् ।” बुद्धिजीवी हरि विश्वकर्माले तथ्यांक विभागसँगको सहकार्यमा खण्डीकृत तथ्यांक राख्नुपर्नेमा जोड दिनुभयो ।

    दलित गैरसरकारी महासंघका उपाध्यक्ष भक्त विश्वकर्माले दलित आयोगले स्थापना हुँदाको उद्देश्य पूरा गरी नसकेकाले विघठन गर्न नहुने बताउनुभयो । समितिका कार्यकारी निर्देशक महेश नेपालीले दलित समुदाय संवेदनशील समुदाय भएको उल्लेख गर्नुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij