आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सिक्टाको गुणस्तर छानविन गर्न गाउँपालिकाको माग

  • प्रकाशित मिति : बुधबार, साउन २३, २०७५



  • बाँके(अगैया), साउन २३ । राप्तीसोनारी गाउँपालिकाले सिक्टा सिचाई आयोजनाको गुणस्तर छानविन गर्न संघिय र प्रदेश सरकारसँग माग गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बुधबार बसेको गाउँ कार्यपालिका बैठकले राष्ट्रिय गौरवको यस आयोजनाको अवस्था नाजुक हुन पुगेको निस्कर्ष सहित गुणस्तर छानविन गर्नुपर्ने निर्णय गरेको हो ।

    आयोजनाको पश्चिम मुल नहर यही साउन ७ गते ढकेरीस्थित चंगाई नाला नजिक भत्किएको विषयमा स्थानीय स्तरबाट उठिरहेको आवाजलाई संघिय र प्रदेश सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बैठकले जोडदार रुपले माग गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयामा आयोजनाको हेडवकर््स र वडा नम्बर २, ८ र ९ हुदै पश्चिम मुल नहरको संरचना निर्माण भएको छ ।

    राज्यको अर्वौ रुपैयाँ लगानी लागेको आयोजनाको पश्चिम मुल नहर पटक–पटक भत्किने गरेको र सोही नहरका कारण वडा नम्बर २, ८ र ९ का जनता असुरक्षित हुन पुगेकाले गुणस्तर छानविन गर्न माग गरिएको बैठकपछि गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो ।

    ‘सिक्टाको गुणस्तर छानविन गर्न बैठकबाट हामीले माग गरेका छौं,’ उहाँले भन्नुभयो ‘बैठकको निर्णय संघीय र प्रदेश सरकार समक्ष पठाउने, सिक्टा सिचाई आयोजना कार्याललाई बोद्धार्थको रुपमा जानकारी गराउने निर्णय भएको छ ।’ सिक्टाको गुणस्तरका विषयमा उठेको प्रश्नबारे संघीय सरकारले तत्काल अध्ययन गरी समस्या समाधानको पहल गर्नुपर्ने बैठकमा सहभागी कार्यपालिका सदस्यले माग गर्नु भएको थियो ।

    बैठकको सुरुमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री, वडा नम्बर २ का वडाअध्यक्ष मदन ओली र वडा नम्बर ९ का अध्यक्ष महाबीर ओलीले सिक्टा सिचाई आयोजनाको काम तथा गुणस्तर र गाउँबस्तीमा निम्त्याएको जोखिमका विषयमा अवगत गराउनु भएको थियो ।

    सरकारले विशेष प्राथमिकतामा राखेको आयोजनाले बाँकेको कृषि क्षेत्रलाई कायापलट गर्ने अपेक्षा राखिएको छ । तर, परिक्षणकै क्रममा पटक–पटक आयोजनाको मुल नहर भत्किन थालेपछि कामको गुणस्तरबारे चौतर्फी रुपमा प्रश्न उठिरहेको छ । नहर पहिलो पटक परिक्षण गर्ने क्रममा २०७३ असार १४ गते र दोस्रो पटक परिक्षण गर्दा यही साउन ७ गते ढकेरी नजिक भत्किएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij