शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध

  • प्रकाशित मिति : बिहिबार, साउन २४, २०७५



  • सल्यान, २४ साउन  –  सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।
    नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ । कालीमाटी गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकाको बाहिरी सम्पर्कसमेत बिच्छेद भएको छ । यातायात सेवा तथा सञ्चार सेवा बन्द भएपछि यस क्षेत्रका बासिन्दा प्रभावित भएको स्थानीय कुलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    “गाउँपालिकामा नमस्तेबाहेक अरु टेलिफोनले काम गर्दैन त्यही नमस्ते पनि दुई महिनादेखि नियमित छैन यसले समस्या पारेको छ ।” भण्डारीले भन्नुभयो, “लगातारको वर्षाले सदरमुकाम जोड्ने सडक तथा दाङदेखि सुर्खेत सडक पनि बन्द छ ।”

    टेलिफोनको समस्याका बारे बारम्बार नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिनुभयो ।
    कालीमाटी गाउँपालिकाका–१ वडाबाहेक सबै छ वडामा अहिले टेलिफोन सेवा अवरुद्ध भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । टावरमा खराबी आएको कुरा लिखितरुपमै टेलिकमलाई जानकारी गराएर सुनुवाइ नभएपछि मन्त्रालयसम्म पनि पुग्याँै तर सुनुवाइ भएन ।” अध्यक्ष केसीले भन्नुभयो । लगातारको वर्षाले सडक अवरुद्ध भएकोमा त्यसलाई खुलाउन पहल भइरहेको अध्यक्ष केसीको भनाइ छ । सडक खुलाउन प्रयास भइरहेको छ लगातार अविरल वर्षा भइरहेको छ ।
    यसैगरी यातायातका साधन सञ्चालन हुन नसकेपछि प्रसूति गराउन स्वास्थ्यचौकीमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय पलबहादुर केसीले बताउनुभयो । “यातयातका साधन सञ्चालन छैनन् प्रसूति गराउन महिलालाई घण्टौँ हिँडेर स्वास्थ्यचौकीमा ल्याउनुपर्ने बाध्यता रहेको छ ।” स्वास्थ्यचौकीमा उपचार हुन नसकेका बिरामीलाई उपचारका लागि दाङको बगालेसम्म १५ किलोमिटर बोकेर पु¥याउनु पर्ने बाध्यता रहेको केसीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij