आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध

  • प्रकाशित मिति : बिहिबार, साउन २४, २०७५



  • सल्यान, २४ साउन  –  सल्यानको कालीमाटी गाउँपालिकामा दुई महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।
    नेपाल टेलिकमको जिएसएम सेवामात्र सञ्चालन भएको गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएपछि गाउँपालिका सञ्चारविहीन भएको छ । कालीमाटी गाउँपालिकालाई जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकाको बाहिरी सम्पर्कसमेत बिच्छेद भएको छ । यातायात सेवा तथा सञ्चार सेवा बन्द भएपछि यस क्षेत्रका बासिन्दा प्रभावित भएको स्थानीय कुलप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

    “गाउँपालिकामा नमस्तेबाहेक अरु टेलिफोनले काम गर्दैन त्यही नमस्ते पनि दुई महिनादेखि नियमित छैन यसले समस्या पारेको छ ।” भण्डारीले भन्नुभयो, “लगातारको वर्षाले सदरमुकाम जोड्ने सडक तथा दाङदेखि सुर्खेत सडक पनि बन्द छ ।”

    टेलिफोनको समस्याका बारे बारम्बार नेपाल टेलिकमलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको कालीमाटी गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिनुभयो ।
    कालीमाटी गाउँपालिकाका–१ वडाबाहेक सबै छ वडामा अहिले टेलिफोन सेवा अवरुद्ध भएको अध्यक्ष केसीले जानकारी दिनुभयो । टावरमा खराबी आएको कुरा लिखितरुपमै टेलिकमलाई जानकारी गराएर सुनुवाइ नभएपछि मन्त्रालयसम्म पनि पुग्याँै तर सुनुवाइ भएन ।” अध्यक्ष केसीले भन्नुभयो । लगातारको वर्षाले सडक अवरुद्ध भएकोमा त्यसलाई खुलाउन पहल भइरहेको अध्यक्ष केसीको भनाइ छ । सडक खुलाउन प्रयास भइरहेको छ लगातार अविरल वर्षा भइरहेको छ ।
    यसैगरी यातायातका साधन सञ्चालन हुन नसकेपछि प्रसूति गराउन स्वास्थ्यचौकीमा बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय पलबहादुर केसीले बताउनुभयो । “यातयातका साधन सञ्चालन छैनन् प्रसूति गराउन महिलालाई घण्टौँ हिँडेर स्वास्थ्यचौकीमा ल्याउनुपर्ने बाध्यता रहेको छ ।” स्वास्थ्यचौकीमा उपचार हुन नसकेका बिरामीलाई उपचारका लागि दाङको बगालेसम्म १५ किलोमिटर बोकेर पु¥याउनु पर्ने बाध्यता रहेको केसीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij