आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एसियाडमा अधिकारीले राष्ट्रिय झन्डा बोक्ने

  • प्रकाशित मिति : शुक्रबार, भदौ १, २०७५



  • news

    काठमाडौं, भदौ १ । एसियाली खेलकुद (एसियाड) प्रतियोगिताको १८औं संस्करणको उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झन्डा बोक्ने भएका छन् ।

    प्रतियोगिताको इन्डोनसियाको राजधानी जाकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा शनिबार भव्य उद्घाटन हुँदैछ ।

    त्रिभुवन आर्मी क्लबसँग आबद्ध अधिकारी एसियाडमा भाग लिएका नेपाली खेलाडीमध्ये सिनियर हुन् । उनले जाकार्ता एसियाडमा ७७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछन् ।

    अधिकारीले सन् २००६ मा श्रीलंकामा आयोजना भएको दशौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णपदक हासिल गरेका थिए ।

    त्यसयता उनले ओलम्पिकमा पनि भाग लिँदै आएका छन् । एसियाडमा अधिकारीको यो लगातार चौथोपटक प्रतिस्पर्धा हो ।

    गत वर्ष दक्षिण कोरियाको इन्चोनमा एसियन सिनियर कप र एसियन इन्टर क्लब भोरोत्तोलन च्याम्पियनसिपमा ६ ओटा कास्यपदक जितेका थिए ।

    ‘नेपालको झन्डा बोकेर ४५ देशका खेलाडी तथा अफिसियलसमक्ष प्रस्तुत् हुन पाउनु खुसीको कुरा हो’–अधिकारीको भनाइ उद्धृत गर्दै राष्ट्रिय खेलकुद परिषद्का प्रशासकीय अधिकृत लोकेन्द्र बस्नेतले जानकारी दिए ।

    एसियाडमा एसियाका नेपालसहित ४५ देशले विभिन्न ४२ खेलमा प्रतिस्पर्धा गर्दैछन् ।

    नेपालले प्रतियोगिताको २९ खेलमा भाग लिएको छ । जसमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६) ले प्रतिस्पर्धा गर्दैछन् । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij