प्रकाशित मिति : शनिबार, भदौ २, २०७५
गएरातिदेखि स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरू भएको छ।
युरोपको शीर्ष लिगमध्ये एक रहेको विश्व चर्चित ला लिगाको नयाँ सिजनको सुरूवातको दिन दुई खेल भए।
जसमध्ये पहिलो खेलमा लेभान्टेले विजयी सुरूवात गरेको छ भने दोस्रो खेलमा जिरोना र रियल भालाडोलिडबिच बराबरीमा सकियो।
पहिलो खेलमा लेभान्टेले रियल बेटिसलार्य ३–० ले हराउँदै लिगमा विजयी सुरूवात गरेको हो। लेभान्टेको जितमा रोजर मार्टी र जोसे लुइस मोरालेसले गोल गरे।
खेलको ३८ औं मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई सुरूवाती दिलाए।
पहिलो हाफसम्म १-० ले अगाडि रहेको लेभान्टे दोस्रो हाफमा थप आक्रमक खेल्दैं २ गोल थप्यो।
खेलको ५४ औं मिनेटमा गोल गर्दै मोरालेसले टिमको अग्रता दोब्बर पारे। इन्जुरी समयको पाँचौँ मिनेटमा मोरालेसले व्यक्तिगत दोस्रो गोल गरेपछि लेभान्टे ३–० ले विजयी भयो।
अर्को खेलमा जिरोना र रियल भालाडोलिडबिचको खेल गोलरहित बराबरीमा सकिएको छ।
रियल भालाडोलिड यसै सिजनबाट पुनः ला लिगामा फर्किएको हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij