आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानसेनापतिमा पूर्णचन्द्र थापा सिफारिस

  • प्रकाशित मिति : आइतवार, भदौ ३, २०७५



  • नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापालाई सरकारले प्रधानसेनापतिमा सिफारिस गरेको छ।

    आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई प्रधानसेनापतिमा सिफारिस गरेको हो।

    बैठकले थापालाई आगामी भदौ २५ बाट लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

    राजेन्द्र क्षत्रीको भदौ २४ बाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश पाउँदैछन्।

    उनी अहिले विदामा छन्। सैनिक परम्परा अनुसार प्रधानसेनापति महारथीले अवकाश भन्दा एक महिना अगाडि विदा बस्ने परम्परा रहँदै आएको छ।

    थापालाई साउन १० गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम साउन २५ गतेको मितिबाट लागू हुने गरी कायम मुकायम प्रधानसेनापतिमा तोकेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij