प्रकाशित मिति : बुधबार, भदौ ६, २०७५
बुधबार बसेको कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका २ खर्कडाँडास्थित नोर्वुलिङ एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ।
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका १२ मा नम्डोललिङ एकीकृत बस्ती विकासको योजनालाई स्वीकृत गरेको छ। सो बस्तीमा ७० घरधुरी रहनेछन्।
सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५ त्याङथली एकीकृत नमूना बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ।
रामेछाप जिल्ला मन्थली नगरपालिका ८ माझी बस्ती गाइखुरा एकीकृत बस्ती विकास योजनालाई स्वीकृत गरेको छ। काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका १० स्थित तीनधारामा होमस्टेसहितको नमूना तामाङ बस्ती विकास योजनालाई पनि स्वीकृत गरेको छ।
बैठकले प्राधिकरण अन्तर्गत रहेका केन्द्रीय आयोजना कार्यान्वयन इकाईहरूको लागि कर्मचारी दरबन्दी स्वीकृत गरेको छ। जसमा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का लागि चार सय ६३, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का लागि इन्जिनियरसहित तीन हजार दुई सय ५० र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का लागि सात सय चार छन्।
यसैगरी, गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर भएका व्यक्तिहरूको सूची सो बमोजिम घर भए/नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख, प्रशासकीय अधिकृतहरूलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको छ।
प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त भएपछि बसेको यो पहिलो बैठक हो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij