आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजमार्ग अबरुद्ध भएपछि कैलास मानसरोवर जान हेलिकोप्टर

  • प्रकाशित मिति : बिहिबार, भदौ ७, २०७५



  • रसुवा । बाढीका कारण नुवाकोटको गेर्खु खोलाको पुल भत्किएर पासाङ ल्हामु राजमार्ग अबरुद्ध भएपछि चीनको कैलास मानसरोवर जाने तीर्थयात्री महंगो शुल्कमा हेलिकोप्टरबाट यात्रा गर्न बाध्य भएका छन् ।

    वर्षाका कारण पासाङल्हामु राजमार्ग धुन्चे-स्याफ्रु खण्डमा सडक भासिन गएको र त्रिशुली बेत्रावती खण्डको गेर्खुटारमा बाढीले पुल कटान गरी बिग्रिएपछि कैलाश मानसरोवर जाने/आउने भारतीय तीर्थयात्री हेलिकेप्टर प्रयोग गर्न बाध्य भएका हुन् ।

    जताततै सडकमा पहिरो जाने र खाल्टाखुल्टी बढी भएकाले यात्रा जोखिमपूर्ण भएको भन्दै केही दिन यता भारतीय तीर्थयात्रीले हेलिकोप्टर प्रयोग गरी यात्रा गर्ने गरेका हुन् ।

    काठमाडौंबाट स्याफ्रुबेसिसम्म हवाईमार्ग प्रयोग गरे पनि उनीहरुले रसुवागढीसम्म भने बसबाट आवतजावत गरिरहेका छन् ।

    सिजन सुरु भएपछि अहिलेसम्म छ हजार भारतीय तिर्थयात्रीहरु यो नाका हुँदै मानसरोबर गईसकेका छन् ।

    सुरक्षाका कारण रसुवागढी नाकासम्म हेलिकोप्टर प्रयोग गर्न नपाएकाले स्याफ्रुबेसिबाट उनीहरुले हेलिकोप्टर प्रयोग गर्दै आएका हुन् ।

    तीर्थयात्रीहरुले रसुवागढी नाकासम्मै हेलिकोप्टर प्रयोग गर्न दिन सरकारसँग अनुरोध गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij