आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बिम्स्टेक सम्मेलनसँगै धार्मिक भ्रमणको मोह

  • प्रकाशित मिति : शनिबार, भदौ १६, २०७५



  • काठमाडौं, भदौ १६ । काठमाडौंमा सम्पन्न बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा आएका राष्ट्र तथा सरकार प्रमुखहरुको धार्मिक मोह उत्तिकै देखियो ।

    बिम्स्टेक शिखर सम्मेलन शुक्रबार सकियो । सम्मेलनमा सहभागी हुन आएका पाँच देशका राष्ट्र/सरकार प्रमुखसहितको टोली फर्किसकेका छन् ।

    श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेना भने आइतबारमात्र स्वदेश फर्कंदैछन् ।

    यसपटकको सम्मेलनले बिम्स्टेकलाई सक्रिय बनाउन सहमतिमात्र गरेको छैन, यसका स्थायी संयन्त्र बनाउने सहमतिसमेत गरेको छ ।

    त्यसअलवा यसपटकको सम्मेलनमा सहभागी हुन आएका राष्ट्र÷सरकार प्रमुखहरुले उत्तिकै चासोपूर्वक धार्मिक यात्रा पनि सम्पन्न गरे ।

    मुख्यगरी म्यानमारका राष्ट्रपति विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको धार्मिक आस्था स्पस्ट देखियो । भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुकको धार्मिक आस्थाबारेको चर्चा राम्रै भयो ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरेक पटकझैं यसपटक पनि नेपाल आउँदा पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा गर्ने अवसर छुटाउन चाहेनन् । बिम्स्टेकका लागि आउँदा पनि मोदी शुक्रबार पशुपति पुगेर झन्डै आधा घन्टा पशुपतिनाथको पूजामा बिताए र प्रसाद लिएर फर्किए ।

    त्यतिमात्र होइन, पशुपति क्षेत्रमा निर्माण गरिएको नेपाल–भारतमैत्री धर्मशालाको उद्घाटन गर्न भ्याए ।

    शुक्रबार बिहान नै श्रीलंकाका राष्ट्रपति सिरिसेनाको नाममा पनि विशेष पूजा तथा अभिषेक गरियो, पशुपतिमा । सिरिसेना बुद्धमार्गी हुन् । तर, उनले पशुपति जाने इच्छा व्यक्त गरेपछि त्यसको स्वीकृति दिइएको थियो ।

    उनले पशुपतिनाथमा झन्डै एक घन्टा समय बिताए । उनी शनिबार भने लुम्बिनी गए र दिनभर उतै बिताए ।

    बुद्धिस्ट बाहुल्य देश म्यानमारका राष्ट्रपति भदौ १२ गते नै नेपाल आए र त्यसको भोलिपल्ट भगवान् गौतमबुद्धको जन्मथलो लुम्बिनी पुगे । लुम्बिनीमा केही घन्टा बिताएर र काठमाडौँ फर्किए ।

    बिम्स्टेकमा रहेका सातमध्ये चार राष्ट्र बुद्धिस्ट बाहुल्य छन् । दुईमा हिन्दुको बाहुल्यता छ । संयोग के छ भने नेपाल हिन्दु र बौद्धमार्गी दुवैका लागि धार्मिक आस्थाको राम्रो केन्द्र बन्नसक्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij