आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीलंकाका राष्ट्रपति सिरिसेना लुम्बिनीमा, मायादेवी मन्दिरमा पूजाआजा

  • प्रकाशित मिति : शनिबार, भदौ १६, २०७५



  • भैरहवा, भदौ १६ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।

    बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएका उनले सम्मेलन सकिएपछि लुम्बिनीको भ्रमण गरेका हुन् ।

    राष्ट्रपति सिरिसेनाले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै त्यहाँ रहेको बुद्ध पदचाप, चिह्न, बुद्धको जन्मस्मारक शिला, अशोकस्तम्भ, पुष्करिणीलगायतका महत्वपूर्ण वस्तुहरुको अवलोकनसमेत गरेका थिए ।

    शनिबार बिहान विशेष विमानमार्फत् लुुम्बिनी आइपुगेका राष्ट्रपति सिरिसेनालाई संस्कृति, पर्यटनमन्त्री तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलगायतले स्वागत गरेका थिए ।

    उनी यहाँबाट शनिबारै काठमाडौं फर्केर आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij