आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गृहमन्त्रीको निर्देशन किन पालना भएन ! एआइजी बढुवामा अन्योल

  • प्रकाशित मिति : आइतवार, भदौ १७, २०७५



  • काठमाडौं, भदौ १७ । गृहमन्त्री रामबहादुर थापाले एआइजी बढुवालाई एक हप्ताभित्र टुंग्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको एक हप्ता बितिसक्दा पनि बढुवा प्रक्रिय अघि बढ्न सकेको छैन ।

    सर्वेन्द्र खनाल नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त भएसँगै रिक्त भएको तीन जना एआइजीको पदपूर्ति अझैसम्म हुन सकेको छैन । प्रहरी महानिरीक्षक खनालले गृहमन्त्री थापालाई पटक पटक एआइजी बढुवाका लागि झक्झक्याउँदै आए पनि बढुवा प्रक्रिय जहाँको तहीँ छ । जसका कारण बढुवाको लाईनमा रहेका ५ जना डिआइजीहरु एआइजी बन्नबाट बञ्चित बनेका छन् ।

    नियमित रुपमा हुनुपर्ने बढुवा नहुँदा प्रहरी सङ्गठनमै नकारात्मक असर पर्ने सम्भावना पनि बढेको छ भने संगठनको चेन अफ कमाण्ड पनि प्रभावित हुने पूर्व प्रहरी अतिरिक्त नायब महानिरीक्षक नवराज ढकाल बताउँछन् ।

    डिआइजीहरू पुष्कर कार्की, मनोज नेउपाने, ठूले राई, धीरु बस्नेत र सुुरेशविक्रम शाह एआइजी बन्ने लाइनमा छन् । उनीहरू सबै १९ साउन ०७४ मा एसएसपीबाट डिआइजीमा बढुवा भएका थिए ।

    उनीहरूसँगै बढुवा भएका सर्वेन्द्र खनाल भने आइजिपी बनिसकेका छन् । एआइजीका सबै दाबेदार अधिकृतहरु ०४६ का ब्याची हुन् । ३० वर्षे कार्यकालका आधारमा उनीहरू सबैले २९ माघ ०७६ मा अनिवार्य अवकाश पाउने छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij