आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

“निर्मला पन्त हत्याः प्रारम्भिक अनुसन्धानमै प्रहरी चुक्यो “- आयोग

  • प्रकाशित मिति : बिहिबार, भदौ २१, २०७५



  • कन्चनपुर, भदौ २१ । निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको राष्ट्रिय मानवअधिकार आयोगले ठहर गरेको छ ।

    बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले आयोगको प्रारम्भिक प्रतिवेदनमा निर्मलाको हत्यामा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भेटिएको बताइन् ।

    प्रवक्ता अन्सारीले जुन प्रक्रियाबाट निर्मला घटनाको अनुसन्धान हुनुपर्ने हो, त्यो तरिकाले नभएको भन्दै प्रारम्भिक अनुसन्धानमै प्रहरी चुकेको बताइन् ।

    एउटा घटनालेमात्रै यस्तो अवस्था नभएको बताउँदै यसभित्र अरु थुप्रै घटनाहरु जोडिएको उनको जिकिर छ ।

    महिलामाथि हुने हिंसाका घटनालाई प्रहरीले अरु अपराधजस्तो संवेदनशीलरुपमा नहेर्ने भएकाले पनि बलात्कारजस्ता जघन्य घटनाहरु बढ्दै गएको उनको भनाइ छ ।

    यसअघि, मानवअधिकार आयोगको ७ नम्बर प्रदेश कार्यालयले १३ वर्षीया निर्मलाको बलात्कारपश्चात् हत्या गरिएको घटनाकाबारेमा सूक्ष्म तरिकाले अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij