आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा भूकम्प, नेपालको पूर्वी भागमा पनि महसुस

  • प्रकाशित मिति : बुधबार, भदौ २७, २०७५



  • काठमाडौं, भदौ २७ । भारतको बिहार, पश्चिम बंगालसहित पूर्वोत्तर क्षेत्रमा बुधबार बिहान भूकम्प गएको छ ।

    अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ५.३ म्याग्निच्यूड रहेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले भने भूकम्पको तीव्रता ५.५ रहेको जनाएका छन् ।

    भूकम्पको धक्का बंगलादेश र भुटानका केही भागका अतिरिक्त पूर्वी नेपालका केही जिल्लामा पनि महसुस गरिएको छ ।

    बिहान १०ः३५ मा करिब ३० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको थियो ।

    भूकम्पले भएको क्षतिको विवरण भने प्राप्त भएको छैन । भारतको असमस्थित कोकराझारमा जमिनको १० देखि १२ किलोमिटर तल केन्द्रबिन्दु भएर भूकम्प गएको बताइन्छ ।

    यसअघि भारतको जम्मु–कश्मिर र हरियाणामा पनि बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको थियो । कश्मिरमा गएको भूकम्पको तीव्रता ४.६ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै हरियाणामा ३.१ तीव्रताको भूकम्प गएको थियो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij