आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

२० वटा पार्क बनाउने काठमाडौं महानगरको योजना कागजमै सीमित

  • प्रकाशित मिति : बिहिबार, अशोज ४, २०७५



  • काठमाडौं, असोज ४ । काठमाडौ महानगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौंका खाली स्थानमा २० वटा पार्क निर्माण गर्ने घोषणा गरेको छ । तर आर्थिक वर्षको पहिलो त्रैमास सकिन लागिसक्दा समेत कहीँ कतै पार्क निर्माणको काम अघि बढेको छैन ।

    सबैजसो राजनीतिक दलहरुले चुनावको बेला काठमाडौं उपत्यकालाई हराभरा बनाउने, प्रदुषणमुक्त बनाउने नारा उचालेका थिए । तर स्थानीय तहमा जनप्रतिनिधि आएको डेढ बर्ष बितिसक्दा पनि काठमाडौं उपत्यकाको मुहारमा कुनै परिवर्तन देख्न पाइएको छैन ।

    विभिन्न ठाउँमा रहेका पार्कहरुकै मर्मत सम्भारमा ध्यान पुग्न नसकेको बेलामा काठमाडौं महानगरपालिकाले कुलेश्वर, थापाथली, सुकेधारा, कुमारीगाल लगायतका २० वटा स्थानमा नयाँ पार्क निमार्ण गर्ने निर्णय गरेको थियो ।

    महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिबहादुर कुँवरले पार्क निर्माणका लागि डिजाइनको काम भईरहेको भन्दै दुई बर्षभित्र वाईफाई सुविधा सहितका सर्व पार्कहरु निर्माण भईसक्ने दाबी गरे ।

    कुँवरले यस्तो दाबी गर्दै गर्दा ४३ वर्षदेखि अलपत्र परेको तीनकुने पार्क निर्माणको योजना पनि बिर्सन सकिदैंन । झण्डै आधा शताब्दी बित्न लाग्दा पनि तीनकुने पार्क भताभुङ्ग अवस्थामै छ ।

    कतिसम्म भने विदेशी पाहुना आउँदा लाज छोप्नका लागि यस स्थानमा कहिले जस्तापाता त कहिले फ्लेक्स बोर्डहरु ठड्याउने गरिएको छ । महानगरपालिकाका योजनाहरु कसरी कागजमै सीमित छन् भन्ने बुझ्न तीनकुने पार्ककै कथा काफी छ ।

    यस्तो अवस्थामा दुई वर्षभित्र २० वटा पार्क निर्माण गर्ने योजना हास्यास्पद लाग्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij