आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल वायु सेवा निगमको काठमाडौं–ताप्लेजुङ उडान फेरि सुरु

  • प्रकाशित मिति : शुक्रबार, अशोज १९, २०७५



  • ताप्लेजुङ, असोज १९ । लामो समयदेखि बन्द रहेको नेपाल वायु सेवा निगमको काठमाडौं–ताप्लेजुङ उडान फेरि सुरु हुने भएको छ ।

    असार दोश्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान भर्ने तयारी गरेको हो । यसअघि ७ हजार ४ सय ६० रुपैँयामा टिकट बिक्री गरेको निगमले अहिले एक हजार ६० रुपैँया छुटसहित टिकट बिक्री गरिरहेको छ ।

    असोज २४ देखि उडान सुरु गर्ने जनाएको निगमले तत्कालका लागि सातामा दुई दिन बुधबार र शुक्रबार उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

    यता, समिट एअरले समेत सातामा एउटा उडान गर्ने तालिका सार्वजनिक गरिसकेको छ । गत सोमबारदेखि उडान गर्ने बताएको समिटले उक्त दिन मौसम खराव भएकाका कारण उडान गर्न सकेन । तर, आगामी साताका लागि भने टिकट बिक्री गरिरहेको छ ।

    मौसम खराबीका कारण ताप्लेजुङमा नियमित उडान हुन नसकेको निगमले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij