आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चार महिनादेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत

  • प्रकाशित मिति : शनिबार, अशोज २०, २०७५



  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ।

    मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत भएको हो।

    यो सहमति कार्यान्वयनमा ल्याउन दुई सातापछि मलेसियाली मानव संशाधनमन्त्री नेपाल आएर श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने बताइएको छ।

    मन्त्रालयका अधिकारीका अनुसार स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत शीर्षकमा कामदारले बुझाउँदै आएको रकम बेहोर्न मलेसिया सरकार राजी भएको छ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij