आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ट्राइल फेललाई लाइसेन्स दिएको अभियोगमा कार्यालय प्रमुखसहित १० जनालाई मुद्दा

  • प्रकाशित मिति : मङ्लबार, अशोज २३, २०७५



  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्राइलमा फेल भएका २०४ जनालाई लाइसेन्स दिएको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको छ।

    सोही कार्यालयका शाखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी र मेकानिकल इन्जिनियर श्याम केसी, ठूलोभर्‍याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, ठूलोभर्‍याङ कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषालविरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो।

    आयोगले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १३ को कसुरमा हदैसम्मको जरिवाना र कैद सजाय माग गरेको छ।

    यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र , बागमतीका कर्मचारीले आर्थिक लाभ घूस (रिसवत) लिएर परीक्षामा फेल भएका एवं ट्रायल परीक्षा नदिएकै अवस्थामा समेत सवारी चालक अनुमतिपत्र जारी गर्छन् भन्ने उजुरीको गर्दा यी कर्मचारीले ट्राइल फेल भएकाले लाइसेन्स दिएको खुलेको आयोगले जनाएको छ।

    ‘अनुसन्धानको सिलसिलामा यी कार्यालयबाट गत माघ १ देखि फागुन २५ गतेसम्म कार, जिप, डेलीभरी भ्यानको प्रयोगात्मक परीक्षामा परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी गराइ २०४ वटा सवारी चालक अनुमतिपत्रहरु जारी गरिसकेको पाइयो,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij