आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रचन्डको सवारी अगाडि मोटरसाइकल चलाउँदा १५ सय जरिवाना !

  • प्रकाशित मिति : सोमवार, कार्तिक १९, २०७५



  • काठमाडौँ : कोसी अञ्चल अस्पतालमा रहेकी बिरामी ठुली आमालाई खाना लिएर हिँडेका एक युवकको लाइसेन्स प्रहरीले खोसेको छ । ट्राफिक नियम पालना नगरेकाले लाइसेन्स खोसिनु स्वभाविक थियो । तर इटहरीका सरोज कार्कीको हकमा भने ट्राफिक प्रहरीले फरक कारण देखायो । à¤ªà¥à¤°à¤šà¤¨à¥à¤¡à¤•ो सवारी अगाडि मोटरसाइकल चलाउँदा १५ सय जरिवाना !

     

    बिरामी ठुली आमाका लागि खाना लिएर अस्पतालतर्फ जाँदै गरेका सरोजमाथि प्रहरीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी अगाडि मोटरसाइकल चलाएको आरोप लगायो ।

    सोमबार बिहान पौने ११ बजेको समयमा विराटनगरस्थित भाटभटेनी सुपर स्टोर अगाडि पुगेको समयमा प्रहरीले सरोजलाई रोकेनन् मात्रै को १९ प ७३५५ नम्बरको मोटरसाइकलमा सवार उनको लाइसेन्स नै खोसिदिए ।

    सरोजलाई कोसी अञ्चल अस्पतालको बेड नम्बर १२८ मा उपचाररत ठुली आमालाई खाना पुर्‍याउने हतार भएका बेला सुरक्षाकर्मीले नेकपा अध्यक्ष दाहाल आएकले उनको अगाडि मोटरसाइकल गुडाउन नमिल्ने भन्दै रोकिदिए ।

    सुरक्षाकर्मीले रोकेपछि कार्कीले आफूलाई अस्पतालमा रहेकी ठुली आमालाई खाना पु¥याउन हतार भएको बताएका थिए । उनले अस्पतालमा खाना लिएर हिँडेकोले आफूकबाट अध्यक्ष दाहाललाई कुनै खतरा नहुने पनि बताए । तर अध्यक्ष दाहालको गाडी नजाउन्जेल जानै नमिल्ने भन्दै कार्कीलाई सुरक्षाकर्मीले थर्काउँदै त्यहीँ रोके ।

    तर कार्कीले सुरक्षाकर्मीलाई जनताको मतले जिताएको नेताले जनतासँग डराउन नहुने भन्दै आफूलाई अस्पताल जान आग्रह गरिरहे । तर उनले यसो भनिरहँदा सुरक्षाकर्मीले व्यंग्यमिश्रित उत्तर दिँदै भने, ‘तपाई भोलि मन्त्री हुनु भयो भने हामी सलाम गर्न तयार छौँ । तर अहिले अध्यक्ष दाहाल सवार गाडी आएकाले जान दिन सक्दैनौँ ।’

    त्यसपछि ट्राफिक प्रहरीले कार्कीको मोटरसाइकल मात्रै त्यहाँ रोकेनन्, उनको लाइसेन्स नै खोसे । त्यो बेलासम्म दाहाल सवार गाडी आएकै थिएन । लाइेन्स खोसिएपछि कार्कीले मोटरसाइकल र हेल्मेट पनि प्रहरीलाई बुझाए । बल्ल ट्राफिक प्रहरीले उनलाई चाबी र मोटरसाइकल दिए, त्यो पनि मेन रोडमा नगुड्ने शर्तमा

    तर उनको लाइसेन्स भने खोसिएकै थियो । दाहाल मुल सडकबाट गएपछि कार्कीले ठुलीआमालाई खान पुर्‍याउन भ्याए । तर उनले ट्राफिक प्रहरीलाई १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्‍यो । आफूले कुनै नियम नतोडेकै अवस्थामा ट्राफिकले १५ सय जरिबाना तिराएको गुनासो कार्कीले गरे ।

    उता अध्यक्ष दाहालको सवारी अगाडि मोटरसाइकल कुदाएको आरोपमा लाइसेन्स खोसेर जरिवाना तिराएको बारेमा कुनै जानकारी नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका इन्सपेक्टर शिव पोखरेलले जानकारी दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij