आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बसको ठक्करले युवाको मृत्युपछि तुलसीपुर-सुर्खेत सडक बन्द

  • प्रकाशित मिति : आइतवार, कार्तिक २५, २०७५



  • दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। शनिबार साँझ बबई गाउँपालिका वडा नं. ५ बगरपुरमा ना २ ख ९६३५ नम्बरको बसले ठक्कर दिँदा बबई-५ का २३ वर्षीय मानसिंह वलीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

    बेलुका ५ बजेतिर पुरन्धारा झरनामा पिकनिक खाएर फर्किरहेका वलीलाई  बसले ठक्कर दिएको थियो। ठक्करबाट वलीको घटनास्थलमै मृत्यु भएको थियो। चालकले मदिरा सेवन गरी बस चलाएको र ब्याक गर्ने क्रममा पछाडिबाट ठक्कर दिँदा वलीको मृत्यु भएको स्थानीयले बताएका छन्।

    वलीका परिवार र आफन्तले क्षतिपुर्तिको माग्दै शव उठाउन नमानेपछि प्रहरीले रातभर सडकमै शवलाई सुरक्षा दिएको थियो।

    यसैबीच मृतकका आफन्त र स्थानीयले तुलसीपुर–सुर्खेत सडक खण्ड आइतबार बिहानैदेखि बन्द गराएका छन्। राप्ती यातायात सेवा प्रालिका अध्यक्ष तथा पदाधिकारीलाई वार्ताको लागि धेरै आग्रह गर्दा समेत घटनास्थलमा नपुगेको भन्दै स्थानीयले सडक खण्ड अवरुद्ध पारेका हुन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij