आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतका लागि राजदूतमा नीलाम्बर आचार्य सिफारिस

  • प्रकाशित मिति : सोमवार, कार्तिक २६, २०७५



  • सरकारले भारतका लागि नेपाली राजदूतमा नीलाम्बर आचार्यलाई मनोनयन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको आइतबार बैठकले उक्त निर्णय गरेको हो।नीलाम्बर आचार्य। तस्बिर स्रोत: आचार्यको ट्विटरबाट

    आचार्य नेपाल–भारत सम्बन्ध पुनरावलोकन निम्ति गठित प्रबुद्ध व्यक्ति समूह (इमिनेन्ट पर्सन्स ग्रुप) का सदस्य छन्। पूर्वमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा दुवै देश तर्फबाट गठित उक्त समितिले १९५० को सन्धि लगायत नेपाल–भारत सम्बन्धका सम्पूर्ण विषय पुनरावलोकन गरी सुझाव दिनेछ। यसले आफ्नो प्रतिवेदन तयार पारिसकेको छ।

    आचार्य २०४६ को जनआन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम मन्त्रिपरिषदमा कानुन तथा न्याय मन्त्री थिए। उनी श्रीलंकाका राजदूत पनि रहिसकेका छन्।

    सरकारले भारतका लागि राजदूतमा यसअघि नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। संवैधानिक अंगका प्रमुख रहिसकेका व्यक्तिलाई राजदूत नियुक्त गर्नु हुँदैन भनी विवाद भएपछि कार्यान्वयन हुन सकेन।

    संवैधानिक अंगको नियुक्ति पाएका व्यक्तिलाई कुनै पनि सरकारी पदमा नियुक्ति नदिने व्यस्था संविधानमै लेखिएको छ। संवैधानिक पदाधिकारीले भविष्यमा पाउने पदको आसमा सरकारलाई रिझाउने काम नगरून् भन्ने संविधानको मर्म हो।

    हेर्नुहोस्:

    उप्रेतीको भारतीय राजदूत सिफारिस कति संवैधानिक?

    त्यस्तै, मन्त्रिपरिषद बैठकले मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्स (युएई) का लागि कृष्ण ढकाललाई राजदूत सिफारिस गरेको छ। पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्र मन्त्रालयकै सह–सचिव हुन्।

    मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा प्राविधिक तर्फबाट दुर्गा थापालाई एआइजी नियुक्त गर्ने निर्णय पनि गरेको छ।

    त्यस्तै, जेनेभास्थित विश्व व्यापार संगठन (डब्लुटिओ) का लागि नेपाली प्रतिनिधिमा दिपक धितालको समयावधि थप्ने निर्णय गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij