आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग

  • प्रकाशित मिति : मङ्लबार, मंसिर ४, २०७५



  • काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका नेता रमेश लेखकले द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

    मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

    नेता लेखकले द्वन्द्वरत पक्षलाई शान्ति प्रक्रियामा ल्याएर नेपालले ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अव संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्ने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे । पीडितलाई परिपूरण गर्ने, पीडिकलाई दण्डित गर्ने काम गरेर सरकारले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्नुपर्ने नेता लेखकको भनाई छ ।

    काँग्रेस नेता लेखकले पीडितलाई न्याय दिँदा उनीहरुको आत्मसम्मान वृद्धि गर्ने काममा जोड दिन पनि सरकारलाई आग्रह गरे ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij