आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमान विदेश भएकी महिलालाई बलात्कार प्रयास गर्ने चौधरीलाई यसरी महिलाले भिराए जुत्ताको माला

  • प्रकाशित मिति : शुक्रबार, मंसिर २८, २०७५



  • बुटवल, २७ मंसिर । श्रीमान विदेश भएकी एक महिलालाई बलात्कार प्रयास गरेको भन्दै कैलालीका एक पुरुषलाई स्थानीय महिलाहरुले कालो मोसो दलेर जुत्ताको माला भिराएका छन् । कैलाली गाउँपालिका वडा नम्बर १, मझेरा टोलका टुक्की नामले परिचित कृष्ण चौधरीलाई त्यहाँका महिलाहरुले यस्तो कारबाही गरेका हुन् ।

    चौधरीले मङ्सिर २३ गते राती स्थानीय २३ बर्षिया ‘ए’ ९नाम परिवर्तन० महिलालाई बलत्कारको प्रयास गरेकाले उनलाई कालोमोसो र जुत्ताको माला भिराउनुका साथै कारबाहीस्वरुप दुई लाख रुपैयाँ जरिवाना समेत तोकिएको छ । यसबारे स्थानियवासी बालकृष्ण चौधरीले घटना सत्य भएको बताए ।

    यो गाउँमा जनस्तरबाट त्यस्ता कारबाही हुनेगरे पनि प्रहरी प्रशासनलाई थाहा दिने गरिएको छैन । ईलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख प्रहरी नायव निरीक्षक रामचन्द्र पन्थले घटनाबारे आफुहरुलाई कुनै जानकारी नभएको बताए । ‘यस्ता घटना यस भेगमा निकै घट्छन्, गाउँवासीले आफै कानुन हातमा लिएर कार्वाही गर्ने गर्दछन्’ पन्थले भने,‘प्रहरीलाई जानकारी दिन्नन,तर उजागार गर्न जरुरी छ । ’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij