आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अत्यन्तै ठूलो मानवीय क्षति : दाङ दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३ पुग्यो [नामावलीसहित]

  • प्रकाशित मिति : शनिबार, पुस ७, २०७५



  • ;ft;o ld6/ tn v;]sf] ofq'axfs a; bfªsf] t'n;Lk'/–;Nofg ;8s v08cGtu{t t'n;Lk'/– # /fd|Ldf sl/a ;ft;o ld6/ tn vv]sf] a; . b'3{6gfdf !& hgf ofq'sf] d[To' ePsf] 5 eg] !) hgf 3fOt] ePsf 5g . t:jL/ M bLks af]x/f, ndxL -bfª_, k|b]z g+= %, /f;;

    तुलसीपुर । सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा४ख ९७६६ नंको बस तुलसीपुर–सल्यान सडकखण्डको तुलसीपुर– ३ राम्रीमा दुर्घटना हुँदा तीन महिलासहित २३ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको छ । १९ जना पुरुष र चार जना महिला गरी २३ जनाको मृत्यु भएको र तिमध्ये १३ जनाको शव सनाखत गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सनाखत हुन बाँकी शव अञ्चल अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

    दुर्घटनामा १३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार मृतकको शव घटनास्थलबाट ल्याउने काम भइरहेको छ । गम्भीर घाइते ११ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । अन्यको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

    घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो । बस झण्डै सात सय मिटर तल भीरमा खसेको थियो । शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मुलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरी तुलसीपुर फर्कँदै थिए । बसमा ३४ विद्यार्थी र दुई शिक्षक सवार थिए ।

    सो दुर्घटनामा परी जुम्ला तातोपानी गाउँपालिकाका १८ वर्षीया हिमाली हमाल, जुम्ला चन्दननाथ गाउँपालिका– ३ का १६ वर्षीय कशेन्द्र खत्री, दाङको घोराही उपमहानगरपालिका– १५ रतनपुरका १७ वर्षीया समीक्षा रोकाया, अछाम मङ्गलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी, रुकुमको त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खड्का, दाङको घोराही उपमहानगरपालिका–१९ स्यूजाका १७ वर्षीया मेनुका रिजाल, जुम्लाको चन्दननाथ गाउँपालिका–२ का २० वर्षीय जीवन भण्डारी, चन्दननाथ गाउँपालिका– ४ का १६ वर्षीया पर्शा रोकाया, अछामको मङ्गलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुङ्गाना, रुकुम सानोभेरी गापा– ३ का १६ वर्षीया रोजिना पुन, दाङ घोराही उपनपा– १४ का १८ वर्षीय सञ्जय खनाल, रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसैन नगरपालिका–५ का भद्र बिष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वली घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij