प्रकाशित मिति : आइतवार, पुस ८, २०७५
पुष ८ – निर्मलाकाे हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ। प्रमाण नष्ट गर्ने क्रममा सिसी क्यामेराका फुटेज पनि डिलिट गरिएको भन्ने आवाज उठेपछि ती फुटेज रिकभर गर्न नेपाल प्रहरीमा रहेको एक मात्र डिजिटल फरेन्सिक ल्याब काठमाडौंमा पठाइएको थियो।
‘हामीले ओपेरा होटल र महेन्द्रनगरमा रहेका १६ वटा सिसी क्यामेराका डिलिट भएका फुटेज रिकभर गर्न पठाएका थियौं,’ कञ्चनपुर प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले भने, ‘डिलिट भएको १५ दिनसम्मको फुटेज मात्र रिकभर हुन्छ तर एक महिनापछि फुटेज पठाइएकाले रिकभर हुन नसकेको हो।’
ओपेरा होटलमा साउन १० गते तीन युवा र तीन जना किशोरी आएको भनेर होटल कर्मचारीले भनेपछि ती को–को हुन् भनी फुटेज डिलिट भएकाले हेर्न सकिएको थिएन। तत्कालीन एसपी डिल्ली विष्टका छोरा किरणको जन्मदिनको अवसरमा उनीहरू त्यहाँ फोटो खिच्न गएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको नागरिक दैनिकमा खबर छ।
नेपाली इन अब्रोडबाट सभार
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij