आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मुुसलमान समुदाय भन्छन्ः दाइजो लिनु र दिनु पाप हो

  • प्रकाशित मिति : आइतवार, पुस ८, २०७५



  • news

    –मोहम्मद सदरुल (रासस)

    विराटनगर । दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा दाइजो प्रथाले विकराल रूप लिँदै आएको छ ।

    कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारी हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदाय पनि चिन्तित छन् ।

    दाइजो लिनु र दिनु दुवै हराम मानेका मुसलमानहरू किन दाइजो लिन तम्सेका छन् आश्चर्य मान्दै मुसलमान धर्म गुरु मौलाना गुलाम रसुल भन्छन्, “पवित्र धार्मिकग्रन्थ ‘कुरान’ को उपहास गर्ने मुसलमानलाई अल्लाहले माफ गर्ने छैन ।”

    दाइजो प्रथा आफैंमा अस्वीकार्य कुरा हो, तर पनि दाइजो दिन मुसलमान समुदायका मानिस बाध्य छन् । दाइजोमा मुसलमान समुदायका मानिसले अहिले नगद, मोटरसाइकल, जिन्सी सामान र फर्निचरका सामान माग्ने गरेका छन् ।

    समुदायमा केहीले जवान छोरीलाई घरमा राख्नुभन्दा दाइजो दिएर विवाह गर्नु नै उत्तम हो भन्ने मान्यता राख्न थालेका छन् ।

    दाइजोले उग्ररूप लिएपछि प्रदेश नं २ को वीरगञ्जबाट शुरु भएको दाइजोविरुद्धको १० दिने अभियानकै क्रममा मोरङको धनपाल गाउँपालिकामा इस्लामी सङ्घ मोरङले शनिबार एक र्‍याली निकाली दहेज (दाइजो)को विरोध गरेका छन् ।

    ‘छोरीलाई दाइजो होइन, पैतृक सम्पत्तिमा अंश दिऊ’ भन्ने नाराका साथ मोरङका मुस्लिम समदाय दहेज विरुद्ध अभियानमा जुटेका छन् । दाइजोको विरोध गर्दै मोरङको कर्सियामा निस्केको र्‍यालीपछि भएको कोणसभामा मुसलमान अगुवाले दाइजो लिनु र दिनु दुवै पाप हो भनेका छन् ।

    अगुवा तथा स्थानीय प्रतिनिधिले अबदेखि छोराछोरीको विवाहमा दाइजो नलिने र नदिने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

    धनपालथान गाउँपालिका–६ का वडाध्यक्ष मोहमद हुसेनले दाइजो प्रथाको अन्त्यका लागि अभियान शुरु गरेको भन्दै अभियानलाई घरघरसम्म पुर्‍याउनेमा जोड दिए । धर्मगुरु मौलान सयदले दाइजोविरुद्धको अभियानलाई सफल बनाउन यसको शुरुआत परिवार र समुदायबाट हुनुपर्ने बताए ।

    धनपालथान गाउँपालिकाका–४ का वडाध्यक्ष रोशन राजवंशी, सामाजिक अगुवा अश्विनी मण्डललगायतले उमेर नपुगी छोराछोरीको विवाह गर्ने र दाइजो दिने र लिनेलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिए ।

    इस्लामी सङ्घको आयोजनामा निस्किएको र्‍यालीले कर्सिया बजारको परिक्रमा गरेको थियो । यो अभियान मोरङको १७ वटै स्थानीय निकायमा शुरु भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

    यो अभियान विगतमा सुनसरीको सोनापुर छताबेलीबाट पनि शुरु भएको थियो र अभियानमा लागेका मानिसले नै आफ्ना छोराको विवाहमा हाकाहाकी दाइजो लिन थालेपछि यो अभियान बीचमै तुहिएको थियो ।

    दाइजो दिने प्रथा सुनसरी, मोरङ र झापाभन्दा पश्चिमका जिल्लामा तीव्रता देखिएकाले दाइजोको लोभ सुनसरी र मोरङमा धेरै मुसलमान समुदायका मानिस आफ्ना छोराका विवाह उतै गर्न तम्सिरहेका हुन्छन् ।

    हाजी मोहम्मद अब्दुल भन्छन् “अशिक्षा र अज्ञानताका कारण दाइजोले समुदायमा जरा गाड्न थालेपछि आफ्ना छोराछोरीलाई असल शिक्षा दिएर यसलाई पुरानै अवस्थामा फर्काउनु पर्छ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij