आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई छोरालाई विष खुवाएर आमाले गरिन् आत्महत्याको प्रयास, एकको मृत्यु

  • प्रकाशित मिति : बुधबार, पुस ११, २०७५



  • जनकपुरधाम ।  धनुषामा एक महिलाले आफ्नो दुई नाबालक छोरालाई विष खुवाएर आफूले पनि विष खाएर आत्महत्याको प्रयास गरेकी छन्। जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका १ सोनमाई खजुरी टोल निवासी रविन्द्र यादवकी श्रीमति २४ वर्षीया रिना देवी यादवले घरायसी विवाद भएपछि आफ्ना दुई छोराको हत्या गरी आफू पनि आत्महत्या गर्ने प्रयास गरेकी हुन्।

    जबरजस्ती विष खुवाएको ३ वर्षीय कान्छो छोरा रितेश यादवको ज्यान गएको छ भने जेठो छोरा ५ वर्षीय रितिक यादव र आमा रिनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। रिनाको उपचार जनकपुरस्थित जानकी हेल्थकेयरमा भइरहेको छ भने रितिकलाई जनकपुर अञ्चल अस्पतालको आईसियुमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी दिपेन्द्र शाहीले जानकारी गराएका छन् ।

    कान्छो छोरा रितेशको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ। प्रहरीले दिएको जानकारी अनुसार सोमबार राति घरमा सासूसँग विवाद भएपछि मंगलबार बिहानै रिना दुवै छोरालाई लिएर घरबाट निस्केकी थिइन्।

    उनलाई खोज्न घरपरिवारका सबै बिहानैदेखि लागेका थिए। वैदेशिक रोजगारबाट एक महिनाअघि मात्रै घर फर्किएका उनका श्रीमान रविन्द्र पनि श्रीमति र बच्चालाई खोज्दै हिँडेका थिए। यता, रिनाले जनकपुरधाम उपमहानगरपालिका मुजेलिया नजिकै कवर्ड हल अगाडी दुई छोरालाई विष खुवाई आफू पनि विष सेवन गरेर परालको टाल मुनि लुकेर बसेकी थिइन्।

    विष खुवाए पछि कान्छो छोरा र रिना बेहोस् भएका थिए भने जेठो छोरा रितिक होसमै थिए। उनी टालबाट निस्केर बरबराउँदै आफ्नो आमाले भाइ र आफूलाई विष खुवाएको भनि हल्ला गर्दै भौतारिएका थिए। उनको मुखबाट समेत र्याल र सिगान निस्की राखेको थियो।

    यसै क्रममा दिउँसो ३ बजेतिर छट्पटाउँदै बरबराई राखेका रितिकलाई स्थानीयले देखेपछि स्थानीयकै सहयोगमा तीनैजनालार्ई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा कान्छो रितेशको बाटैमा ज्यान गरेको थियो भने आमा रिना बेहोस् भएकी थिइन्।रिनाको अवस्था चिन्ताजनक रहेको तर जेठो छोरा रितिकको अवस्थामा सुधार आएको चिकित्सकले जानकारी गराएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij