आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निर्मलालाई न्याय माग्दै प्रधानमन्त्री निवासअगाडि प्रदर्शन

  • प्रकाशित मिति : शनिबार, पुस १४, २०७५



  • news

    कन्चनपुर, पुस १४ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार प्रधानमन्त्री निवास बालुवाटारअगाडि प्रदर्शन गरिएको छ ।

    विवेकशील साझा पार्टीको नेतृत्वमा ‘न्यायको खोजीमा निर्मलाहरु’ ब्यानरमा गरिएको प्रदर्शनमा सहभागीहरुले निर्मलाको हत्याकान्डमा संलग्न दोषीलाई पक्राउ गर्न माग गरे ।

    ‘न्याय मर्न नदिऔं, सत्य हार्न नदिऔं’ भन्ने नारासहित उपस्थित भएकाहरुले शान्ति–सुरक्षाको प्रत्याभूति दिन प्रहरी प्रशासन र गृहमन्त्री असक्षम भएको आरोप लगाए ।

    आपराधिक कार्यको अनुसन्धानमा असक्षम भएकाले प्रहरीलाई तत्काल अपराध अनुसन्धानसम्बन्धी विशेष तालिम दिनुपर्ने उनीहरुको माग थियो ।

    निर्मलाको बलात्कारपछि हत्या भएको पाँच महिना बितिसक्दा पनि दोषी पक्राउ पर्न सकेको छैन । विभिन्न छानबिन टोली गठन भएपनि दोषीबारे कुनै संकेत पत्ता लागेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij