आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

महेश्वरलाई काठमाडौंमा नगर परिक्रमा

  • प्रकाशित मिति : आइतवार, पुस १५, २०७५



  • काठमाडौं, पुस १४ । थाइल्यान्डमा हालै सम्पन्न विश्व शारीरिक सुगठनमा स्वर्णपदक जित्न सफल नेपाली खेलाडी महेश्वर महर्जनलाई शनिबार काठमाडौंमा नगर परिक्रमा गराइएको छ ।

    ज्यापु महागुठीको अगुवाइमा भएको नगर परिक्रमा वसन्तपुरबाट सुरु भइ सहरका विभिन्न भागको परिक्रमापछि पुनः वसन्तपुर पुगेर टुंगिएको थियो ।

    कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्की, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठ, पूर्वमन्त्री तीर्थमान डंगोललगायत खेलप्रमीहरुको उपस्थिति थियो ।

    दशौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा महेश्वरले पुरुष ७५ केजी स्पर्धामा स्वर्णपदक जितेका हुन् ।

    नेपाली खेलाडीले शारीरिक सुगठनको विश्वस्तरमा स्वर्णपदक जितेको यो पहिलोपटक हो । समग्र अन्तर्राष्ट्रिय प्रतियोगितामा भने महेश्वरको यो दोस्रो स्वर्णपदक हो ।

    दुई वर्षअघि भुटानमा भएको एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्समा पनि उनले स्वर्णपदक जितेका थिए ।

    महेश्वर नेपाली शारीरिक सुगठनको सर्वोच्च प्रतियोगिता धर्मश्रीको १३औं संस्करणका विजेतासमेत हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij