आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सुरुङमार्ग बनाउन जापान र चीनका ६ कम्पनीको इच्छा

  • प्रकाशित मिति : आइतवार, पुस १५, २०७५



  • काठमाडौं । धादिङको सिस्नेखोलादेखि काठमाडौंको सतुंगल जोड्ने नागढुंगा सुरुङमार्ग निर्माणका लागि ६ विदेशी कम्पनीले इच्छा देखाएका छन् ।

    सडक विभागले गरेको ग्लोबल टेण्डरमा चिनियाँसहित जापानी कम्पनीहरुले इच्छा देखाएको सडक विभागका प्रवक्ता मुक्ति गौतमले अनलाइनखबरलाई जानकारी दिए ।

    टेण्डर मूल्यांकन प्रक्रियामा अलमल हुँदा सुरुङमार्ग निर्माणको कमा थाल्न ढिलाइ भएको छ । अहिले ठेक्कामा सहभागी कम्पनीहरुको प्राविधिक प्रस्तावको मूल्यांकन भइरहेको विभागको वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख केशवकुमार शर्माले जानकारी दिए ।

    प्राविधिक मूल्यांकनबाट ‘सर्ट लिस्टेड’ भएका कम्पनीको आथिर्क प्रस्ताव खोलिनेछ । त्यसपछि सबैभन्दा कम रकम कबोल गर्ने कम्पनीले सुरुङमार्ग निर्माणको जिम्मा पाउनेछ ।

    सम्झौताका लागि लागि दातृ निकाय जापानी सहयोग नियोग (जाइका)को स्वीकृति आवश्यक पर्छ । आगामी वैशाखसम्म छनोट हुने कम्पनीले सुरुङमार्ग निर्माणका लागि फिल्डमा पुगेर काम सुरु गर्ने अपेक्षा गरिएको शर्माले बताए ।

    यो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर ) तयार भइसकेको छ । सुरुङमार्गको डिजाइन जापान सरकारले गरेको हो ।

    सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

    सरकारले यसै आर्थिक वर्ष २०७५/०७६ को बजेटमार्फात पनि पनि यो आयोजनाको निर्माण सुरु गर्ने भनेको छ । नौबीसेदेखि थानकोटसम्मको सडक खण्ड घुमाउरो र उकालो ओरालो भएका कारण यो क्षेत्रमा ट्राफिक जाम हुने गरेको छ । यस्तो ट्राफिक जाम न्युनीकरण गर्ने भन्दै सरकारले यस्तो योजना अघि सारेको हो ।

    विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।

    यो सुरुङमार्गभित्र दुबैतर्फका सडक बेला–बेलामा दुई लेनमा परिणत हुने र कुनै बेला एक लेनमा खुम्चिन्छन् । एकापट्टिको सडक दुई लेन हुँदा अर्काेपट्टि एक लेन हुन्छ, जुन फेरबदल भइरहन्छ । १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १/१ मिटरको पेटी राखिने छ ।

    सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ । आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ ।

    नेपाल आयल निगमको थानकोट डिपोमुनि निस्कने सुरुङमार्गलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २.२५ किलोमिटरको एक्सेस रोड पनि निर्माण गर्नुपर्नेछ ।

    तीन लेनको सहायक मार्ग लागि सडक विभागले आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया पनि चलिरहेको छ । यो सहायक मार्ग सतुंगलको टेलिकमको कार्यालय नजिक आएर मुख्य राजमार्गमा नै जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सहायक मार्ग निर्माण गर्नुपर्ने छैन ।

    यो सुरुङमार्ग निर्माण भएपछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको इन्धन पनि बचत हुन्छ । यात्रुको समयसँगै सवारी साधनको इन्धन पनि बचत हुने भएका कारण यसबाट देशलाई आर्थिक लाभ हुने प्रवक्ता गौतम बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij