आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रत्येक भारतीय नागरिकमाथि ६२ हजार ऋण !

  • प्रकाशित मिति : मङ्लबार, पुस १७, २०७५



  • नयाँ दिल्ली, पुस १७ । नयाँ वर्ष सन् २०१९ ले पाइला टेकेको छ । नयाँ वर्षका अवसरमा सबैजसोको प्राथमिकता विगतका कमी–कमजोरी हटाउँदै उन्नतितर्फ अग्रसर हुनु मै रहन्छ । नयाँ वर्षका अवसरमा धेरैले यस्तै शुभकामना समेत दिने गर्दछन् ।

    तर, भारतीय नागरिक भने जनही ६२ हजार भारु ऋण बोकेको अवस्थामा नयाँ वर्ष मनाइरहेका छन् । विश्व अर्थतन्त्रमा ठूलो योगदान रहेको भारतमा नागरिक भने ऋणको भारले दबिएका हुन् ।

    हालै भारतको अर्थ मन्त्रालयअन्तर्गतको ऋण प्रवन्धन शाखाले जारी गरेको तथ्यांकअनुसार गत सेप्टेम्बरको अन्त्यसम्ममा भारत सरकारको ऋण ८२ लाख करोड रुपैयाँ पुगेको छ । १३४ करोड जनसंख्या भएको भारतमा सरकारी ऋणको उक्त भार प्रत्येक नागरिकमा समान रुपमा बाँड्ने हो भने प्रत्येक नागरिकको भागमा ६२ हजार रुपैयाँ ऋणभार पर्दछ ।

    भारतले पाकिस्तान, चीनजस्ता मुलुकसँगको बिग्रदो सम्बन्धका कारण रक्षा क्षेत्रमा ठूलो रकम खर्चिनु परिरहेको छ । कच्चा तेलको मूल्यमा भएको वृद्धि, अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँमा आएको गिरावटलगायतले भारत सरकारको ऋणभार बढेको बताइन्छ । आगामी दिनमा ऋणभार अझै बढ्ने विज्ञहरुको भनाइ छ । (एजेन्सी)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij