आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रसुवागढीमा एकीकृत भन्सार कार्यालय निर्माणको काम सुरु

  • प्रकाशित मिति : बुधबार, पुस १८, २०७५



  • रसुवा । नेपाल र चीन बीच संञ्चालनमा रहेको अन्तर्राष्ट्रिय नाका रसुवागढीमा एकीकृत भंन्सारको निर्माणको कार्य सुरु भएको छ ।

    दुई बर्षअघि सर्वोच्च अदालतमा परेको रिट निवेदन केही समयअघि खारेज भएसंगै रसुवागढीमा एकिकृत भंन्सार कार्यालय निर्माणले गति लिएको हो ।

    तीन बर्षभित्र निमार्ण सम्पन्न गरिने सम्झौता रहे पनि लामो समय अदालती कामले समय पर धकेलेकाले अबको दुई बर्षमा काम पुरा गर्ने गरि काम अगाडि बढाइएको ठेकेदार कम्पनी श्यामसुन्दर रबिना जेभि कन्ट्रक्सनले बताएको छ ।

    ५४ करोड ५ लाख ५५ हजारको लागतमा निमार्ण सुरु गरिएको एकिकृत भवनमा भंन्सार, क्वारेन्टाइन, अध्यागमन, एकिकृत जाँच चौकी रहने छ ।

    भवन निर्माणपछि यस नाकाबाट आयात तथा निर्यात हुने वस्तुहरुको चेक जाँच गर्न सहज भई अवैध कृयाकलाप रोक्न सकिने भंन्सार प्रमुख पुन्य बिक्रम खड्काले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij