आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१२ वर्षमै आमा बनिन् गंगामाया, प्रधानमन्त्री ओलीले दिए चासो

  • प्रकाशित मिति : शनिबार, पुस २१, २०७५



  • काठमाडौं । राममाया : घुटुघुटु पिएर खा । उठ्छेस कि ?
    गंगामाया : सके पो उठ्नु ?

    १२ वर्षीया सुत्केरी गंगामायालाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन्, राममाया । तीन दिनअघि गंगामायाले छोरी जन्माइन् । बज्यै बनेकोमा राममाया खुसी छन् । कलिलै उमेरमा सन्तान जन्माएको छोरीको हेरचाहमा उनी जुटेकी छन् ।

    मकवानपुर राक्सिराङ गाउँपालिका–७ मा घर छ, उनको । ‘काठमाडौंबाट १५ सय रुपैयाँ बस भाडा लाग्छ,’ नातिनी खेलाउँदै राममायाले भनिन्, ‘मैले १७ वर्षमा छोरा जन्माएँ । छोरीले १२ वर्षमै छोरी जन्माइन् ।’

    पुस १८ गते जन्मेकी नवजात शिशुको तौल २ किलो ९ सय ग्राम छ । चार कक्षासम्म पढेकी गंगामाया छोरी हेर्छिन् । मुसार्छिन् । आफैं लजाउँछिन् । मुस्कुराउँछिन् । शल्यक्रिया गरी शिशु जन्माएको कारण उनलाई उठ्नसमेत सकस छ ।

    परोपकार प्रसूती गृहको ५ नं. मा बालिका गंगामायाले शिशु जन्माएपछि उनलाई सोध्दै हेर्न जानेहरु बढेपछि नर्सहरु पनि हैरान छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    उनी कलिलै उमेरमा गर्भवती भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले चासो दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई सम्पर्क गरी उद्धार र उपचारमा चासो देखायो ।

    गंगामायालाई एमबुलेन्समा ल्याई परोपकार प्रसुती गृहमा भर्ना गरिएको थियो । भर्नाका बेला चाँजोपाँजो मिलाउन प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर आफैं खटिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij