आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्वाद र स्वास्थ्यबाट भरपुर खरबुजा

  • प्रकाशित मिति : सोमवार, पुस ३०, २०७५



  • खरबुजाको मिठासविना गर्मीको मौसममा कल्पना गर्न सकिंदैन । यसमा पानीको मात्रा ९० प्रतिशतसम्म हुने गर्दछ । यसले हामीलाई गर्मीमा डिहाइड्रेशनबाट जोगाउने गर्दछ । यसमा एन्टी अक्सिडेन्ट तत्व पनि हुने गर्छ । जसले हाम्रो रोग प्रतिरोधक क्षमता बढाउनमा मद्दत गर्छ । यो निम्न प्रकारले फाइदाजनक हुने गर्छ ।

    खरबुजा सिटुलिन नामक अमिनो एसिड हुने गर्दछ, जुन रक्त संचारलाई सुचारु बनाइराख्नमा सहायक हुन्छ र मांसपेसीलाई पीडा र सुजनबाट पनि बचाउने गर्दछ ।
    यो हाइ ब्लडप्रेसर नियन्त्रण गर्नमा पनि सहायक हुने गर्छ ।
    किड्नीका लागि पनि अत्यन्त फाइदाजनक हुने गर्छ । विशेष गरी यसले अत्याधिक युरिनेशनको समस्यालाई नियन्त्रीत गर्दछ ।
    खरबुजामा भिटामिन बी–६, मेग्नेशियम, फस्फोरस, पोटेशियम, जिंक र कपर जस्ता पोषक तत्व पाइने गरिन्छ, जनु ब्रेनका लागि विशेष गरी लाभदायक हुने गर्छ ।
    खरबुजामा पाइने लाइकोपीनले त्वचाको रोगलाई निखार्ने कार्य गर्दछ ।
    पेसल्वेनिया युनिभर्सिटीका वैज्ञानिकहरूद्वारा गरिएको रिसर्च अनुसार खरबुजाले क्यान्सरबाट पनि बचाव गर्ने गर्दछ ।
    यो भिटामिन ए, सी र बी–६ को सबैभन्दा ठूलो स्रोत हो, जो आँखा, त्वचा र मस्तिष्कका लागि फाइदाजनक हुने गर्छ । यस बाहेक यसमा भएको भिटामिन ए त्वचा र कपालका लागि नयाँ कोशिका तयार गर्नमा पनि सहायक हुने गर्दछ ।

    खरबुजामा भएको कोलेजन नामक तत्व त्वचा र कपालका लागि सुरक्षा कवचको कार्य गर्दछ ।
    खरबुजामा ग्लाइसेमिक इन्डेक्स मीडियम हुने गर्दछ । यसैले डायबिटिजको बिरामीका लागि यसको सेवन उपयुक्त हुन्छ ।
    यसमा भएको बीटा केरोटीन ह्दय रोगको आशंका हटाउनका लागि मद्दतगार हुन्छ साथै शरीरको टुटेफुटेको कोशिका मर्मत गर्न पनि सहयोगी हुने गर्दछ ।
    सेलेनियम नामक पौष्टिक तत्व मात्र खरबुजाको बियाँसँग पाइने गर्छ, जसले त्वचालाई असमय रिङ्कल पर्नबाट जोगाउने गर्दछ । यसैले यसको बियाँलाई घाममा सुकाएपछि भुटेर खाँदा त्वचाका लागि लाभदायक हुन्छ ।
    खरबुजामा भएको आयरन एनिमिया हटाउन सहायक हुने गर्दछ ।
    यदि यसलाई नुन र कालो खुर्सानीको साथमा खाने हो भने यो एसिडिटी हटाउनका लागि पनि फाइदाजनक हुन्छ ।
    यसमा भरपुर मात्रामा फाइबर हुने गर्दछ । यसैले यसले पाचन तन्त्रलाई दुरुस्त राख्ने गर्दछ । नियमित रूपमा सेवन गर्ने हो भने यसले कब्जियतको समस्या पनि हटाउने गर्दछ ।
    यदि मुहारमा ब्ल्याक हेड्सको समस्या छ भने काटिएको खरबुजाको टुक्रालाई प्रभावित स्थानमा स्क्रबको रूपमा रगड्ने गरेमा यो समस्या हट्ने गर्दछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij