आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

छाउगोठको तथ्याङ्क सङ्कलन गर्दै प्रहरीः भन्छन्, सबै छाउगोठ भत्काउँछौँ

  • प्रकाशित मिति : बुधबार, माघ २, २०७५



  • बाजुरा – जिल्ला प्रहरी कार्यालयले छाउगोठको तथ्याङ्क सङ्कलन गर्न थालेको छ । प्रहरीले सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकाबाट छाउगोठ तथ्याङ्क सङ्कलन प्रारम्भ गरेको हो ।

    छाउगोठको तथ्याङ्क सङ्कलन गर्न जिल्ला प्रहरी कार्यालय, विमानस्थल सुरक्षागार्ड कोल्टी, पीलुचौर इलाका प्रहरी कार्यालय, धुलाचौर, डोगडी, टाँटे प्रहरी चौकीलगायत १४ स्थानबाट प्रहरी टोली खटिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए । छाउगोठको तथ्याङ्क सङ्कलन गर्न भाट आफै खटिएका छन् ।

    “पहिलो चरणमा छाउगोठ रहेको स्थानको पहिचान तथा सङ्ख्या यकिन गर्ने रणनीति बनाएका छौँ,” भाटले भने । भाटको नेतृत्वमा बडिमालिका नगरपालिकाका नौ वडामा छाउगोठ पहिचान गर्न टोली खटिएको छ ।

    हालसम्म बडिमालिका नगरपालिका–९ उखाडी, चौराटा, बडिमालिका २, १, ४ तथा त्रिवेणी नगरपालिकाका विभिन्न टोलमा छाउगोठको अवस्था अध्ययन गरिएको छ ।

    “केही दिनमै जिल्लाको तथ्याङ्क बाहिर आउँछ,” भाटले भने । पीलुचौरले बाँधु आसपास र विमानस्थल सुरक्षागार्डको टोलीले कोल्टी बजार आसपासको गाउँमा तथ्याङ्क सङ्कलन गरिरहेको छ । ती ठाउँमा अहिलेसम्म ८० भन्दाबढी छाउगोठ भेटिएको छ ।

    सबैभन्दा बढी त्रिवेणी नगरपालिकाको वडा नं ६ मा ४९ छाउगोठको रहेको पाइएको प्रहरी प्रमुख भाटले जानकारी दिए । “सबैको रोहवरमा छाउगोठ भत्काउँछौँ,” उनले भने, “गत साता बूढीनन्दा नगरपालिका–९ पाण्डुसैनमा छाउगोठमा आमा र दुई छोराको मृत्यु भएपछि अभियान थालेका हौँ ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij