आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफ्ना सन्तान कुन स्तरका छन् कसरी थाहा पाउने ?

  • प्रकाशित मिति : बिहिबार, माघ ३, २०७५



  • बालबालिकाहरूलाई अनुशासनमा राख्न के गर्नुपर्छ ?

    बालबालिकाहरूलाई तर्साएर, धम्काएर काम गराउनु मूर्खता हुन्छ । गाली गरेर, पिटेर बालबालिकाहरूलाई सही दिशामा ल्याउन सकिँदैन । उनीहरूप्रति माया–प्रेम दर्साउनुपर्छ ।

    बालबालिकाहरूलाई पढाइमा कसरी एकाग्र गराउने ?

    सर्वप्रथम बालबालिकाहरूको भावना बुझ्नुपर्छ । पाठसँग सम्बन्धित रोचक प्रसंग सुनाएर पढाए उनीहरू एकाग्र हुन्छन् ।

    प्राय: बालबालिका घरमा धेरै चकचक गर्छन् तर बाहिर चुपचाप रहन्छन् । यस्तो बानी सुधार्न के गर्नुपर्ला?

    घरको बाघ वनको स्याल भन्ने उखानै छ । जो पनि आफ्नो घरपरिवारसँग बढी नजिक अनुभव गर्छन् भने अन्यत्र बोल्न धक मान्छन् । त्यसैले बालबालिकाहरूलाई घरमा मात्र होइन अन्यत्र पनि घुलमिल गराउनुपर्छ ।

    सानोमा ज्ञानी बालबालिका पछि झगडा गर्ने, चकचक गर्ने, भनेको नमान्ने, साह्रै दु:ख दिने स्वभावका हुन्छन्, यस्तो हुनुको कारण के होला ?

    सानो उमेर साँच्चै नै चकचक गर्ने, रिसाउने र झगडा गर्ने उमेर हो । उनीहरू अप्ठ्यारो नै पार्ने गरी चकचक गर्छन्, सामान तोडफोड गर्छन्, अरूलाई कुट्छन् भने मात्र आत्तिनुपर्छ । ज्ञानी भएर बसेका बेला माया गरे उमेर बढ्दै जाँदा त्यस्तो चकचके बानी कम हुँदै जान्छ ।

    बालबालिकामा शारीरिक परिवर्तनका कारण उत्पन्न हुने चिढचिढेपन कसरी कम गर्न सकिन्छ ?

    यो उमेरमा कुनै चीजको गोपनीयता आवश्यक हुनसक्छ । यो शारीरिक एवं मनोवैज्ञानिक परिवर्तनको उमेर हो । त्यसैले उनीहरू आफूले चाहेका कुराहरू आवश्यक मान्छन्् । यद्यपि चाहेका सबै चीज पुर्‍याउन गाह्रो हुन्छ । सकिन्छ र पुग्छ भने ती सुविधा उपलब्ध गराउनु उपयुक्त हुन्छ । सकिँदैन भने सम्झाई–बुझाई उनीहरूलाई खुसी बनाउनुपर्छ ।

    आफ्ना सन्तान कुन स्तरका छन् कसरी थाहा पाउने ?

    उनीहरूको बानी–व्यवहार, बोली, अनुशासन आदि हेर्ने, पढाइका विषयमा बालबालिकाले आफ्नो काम कसरी पूरा गरेका छन् बुझ्ने । साथीहरूबाट सारेका छन् वा पुस्तक हेरेर आफै बुझ्ने प्रयास गर्छन् वा गाइडबाट सार्छन् ख्याल गर्नुपर्छ । कक्षामा उनीहरूको आनीबानी कस्तो छ, जानकारी लिनुपर्छ ।

    बालबालिकाहरूलाई असल बनाउन के–कस्तो वावातरण सिर्जना गर्नुपर्छ ?

    बालबालिकाको आवश्यकता समयमा पूरा गरिदिने, के सही र के गलत हो प्रेम पूर्ण वातावरणमा बुझाउनुपर्छ । बालबालिकाले मागे भन्दैमा सबै माग पूरा गरिदिनु हुँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij