आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गहुँको साटो आलुबाली

  • प्रकाशित मिति : शनिबार, माघ ५, २०७५



  • नुवाकोट — जिल्ला हिउँदेबाली गहुँ खेतीको सट्टा आलुखेती फस्टाउँदै गएको छ । यहाँका फाँटहरूमा अहिले आलु खेतीले हरियाली छाएको छ । आलुबालीले गहुँलाई विस्थापित गरेको छ ।

    नुवाकोटको लिखु गाउँपालिका १ नारायणदेवीफाँटमा लगाइएको आलुखेती । यहाँ दुई दशकअघि गहुँबालीमा हुने यो फाँटमा आलुखेतीले हरियाली भएको छ । तस्बिर : कृष्ण/कान्तिपुर

    ‘एक रोपनी जग्गामा साढे १ मुरी गहुँ फलाइन्थ्यो,’ लिखुगाउँपालिका ४ चौघडा दिव्यश्वर न्यौपानले भने, ‘गहुँबालीभन्दा आलुखेतीबाट बढी आम्दानी दियो ।’ असोज/कात्तिक गहुँ लगाउने गर्थे । चैतमा टिप्नुपर्‍थ्यो,’ उनले भने, ‘माघको आधामा आलु झिक्छौं । त्यसलगत्तै धान तथा मकै बाली लगाउन पाइयो ।’

    आलुखेतीलाई मलखाद बढी चाहिन्छ । आलु लगाएपछि पछिल्लो बालीलाई मल हाल्न नपर्ने उनले बताए । झन्डै तीन दशकदेखि उनले आलुखेती गर्दै आएका छन् । खर्च कटाएर वार्षिक साढे २ लाख रुपैयाँभन्दा बढी आम्दानी लिन्छन् । एक रोपनी जग्गाबाट २०/२२ बोरा आलु निकाल्छन् । पहिलाको जस्तो किसानलाई मलखाद र बीउ बोकेर ल्याउन समस्या नभएको बताए । अहिले सुविधा पुगेको छ । स्टोर गर्ने र बीउ छान्न किसानले जानेका छन् । उनले एमएस फोट्री टु जातको आलु लगाएका छन् ।

    आमाबुवा र छोराछोरी गरी ५ जना परिवार छ । दुइटा छोरा काठमाडांैमा पढाइरहेका छन् । ‘यही आलुखेतीको भर हो,’ उनले भने । १ रोपनी जग्गामा २३ बोरा आलु फलाउँछन् । त्यसैगरी पञ्चकन्या गाउँपालिका २ बेसीकठेरीकी लक्ष्मी ढकाल सुवेदी पनि आलु खेती गर्छिन् । उनले साढे दुई रोपनी खेतमा आलु खेती गरेकी छन् । उनले आलुखेती गर्न थालेको ९ वर्ष भयो ।

    ‘पहिला गहुँ, तोरी लगाइथ्यो,’ उनले भनिन्, ‘उत्पादनको हिसाबले आलुबाट बढी फाइदा पाइयो ।’ उनको ६ जनाको परिवार छ । आलुखेतीमा उनी मात्र नभई पञ्चकन्या गाउँपालिका २ सिक्रेफाँट शोभाचन्द्र लामिछानेले ३ बोरा आलु रोपेकी छन् । ६ जना परिवार छ । आलु र तरकारी खेती गरेर उनले छोराछोरीलाई निजी स्कुलमा पढाएकी छन् ।

    ‘आलु, तरकारी बिक्री गरेर बच्चा बढाउने र घरखर्च चलाएकी छु,’ उनले भनिन् । जैविक तरिकाले आलुखेती गर्ने सुरमा उनी छिन् । ‘विषादीरहित आलु र तरकारी फलाउन सके बढी मूल्य पाइन्छ ।’ सूर्यगढी गाउँपालिका ५ फेदीबेंसीका ध्रुव अधिकारी सिजनमा १० हजार बोरा किसानबाट किनेर स्टोर गर्छन् । आलु ग्रेडिङ गरेर बिक्री गर्न उनले सुझाव दिए । ‘ग्रेडिङ गरेर आलु बिक्री गर्दा कुहिँदैन,’ उनले भने, ‘आलुको बीउ राम्रो लगाउनुपर्छ । भाउ आउँछ ।’ आलुको बजार काठमाडौं र पोखरा हो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु जोनले उनीहरूलाई तीनदिने उत्पादन प्रविधि, बजारीकरण, उद्यमशीलता तथा क्षमता अभिवृद्धि तालिम दिएको छ । ‘गहुँभन्दा आलुखेती नगदेबाली भएकाले फस्टाएको छ,’ तरकारी जोनका प्रमुख डा.कमलराज गैरेले भने, ‘किसानको आर्थिक स्तर उकास्न सघाउ पुगेको छ ।’ जिल्लामा ३६ सय २० हेक्टरमा आलु खेती छ । डा.गैरेका गत वर्ष अनुसार जिल्लामा १ अर्ब २० करोड रुपैयाँ बराबरको आलुखेती भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij