आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वैदेशिक रोजगारीका नाममा चेलीबेटी बेचबिखनको धन्दा

  • प्रकाशित मिति : मङ्लबार, माघ ८, २०७५



  • काठमाडौं, माघ ८ । गाउँका सोझासाझा चेलीबेटी फकाएर केही वर्षअघिसम्म सीमापारि बम्बईको कोठीमा लगेर बेच्ने दलालको गन्तव्य र तरिका पछिल्ला दिनमा फेरिएको छ ।

    सोझै लगेर बेच्नेभन्दा पासपोर्ट बनाएर वैदेशिक रोजगारीका आडमा बेचबिखन बढेको तथ्यांकले देखाउँछ ।

    वैदेशिक रोजगारीका लागि विदेश पुगेकाले जब दुःख पाएर काम छाडेर फर्किन खोज्छन्, तब रोजगार दिने व्यक्तिले किनेर ल्याएको दाबी गर्ने गरेका धेरै घटना सार्वजनिक भइरहेका छन् ।

    मानव बेचबिखनविरुद्ध सहकर्मी समूह ‘एट्वीन’ले गरेको एक अध्ययनमा ओमानमा अलपत्र परेकी महिलालाई नेपाल फिर्ता पठाउन खोज्दा दूतावासमै आएर आफूले ती महिलालाई किनेको बिल ओमानीले देखाएका थिए । यसबाट पनि पुष्टि हुन्छ, वैदेशिक रोजगारीको आडमा मानव बेचबिखन हुने गरेको छ ।

    केही वर्षअघिसम्म चेलीबेटी बेचबिखनको मुख्य गन्तव्य भारतमात्र थियो । तर, पछिल्ला वर्षमा वैदेशिक रोजगारीको बहानामा खाडी राष्ट्रदेखि युरोप–अमेरिकासम्म कुनै न कुनै रूपले युवा–युवतीहरू बेचबिखनमा परिरहेका छन् ।

    आर्कषक रोजगारीको प्रलोभन देखाइ साउदी अरब, कतार, मलेसिया, चीन, ओमान पाकिस्तानलगायत विभिन्न मुलुकमा उनीहरुलाई बेचिने गरेको छ ।

    एट्वीन नेपालकी कार्यकारी निर्देशक बेनु गुरुङकाअनुसार वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन गर्नेलाई कानुनी कारबाहीमा ल्याउन निकै गाह्रो परिरहेको छ ।

    श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या धेरै छ । तर, अवैधानिक तरिकाले भारत हुँदै नेपालीहरु विभिन्न मुलुकमा जाने भएकाले एकिन तथ्यांक पाउन निकै गाह्रो छ ।

    श्रम स्वीकृति लिएर विदेशिएकाहरु पनि बेचबिखनमा पर्छन् भन्ने कुरा सरकारले नकार्दै आइरहेको गुरुङ बताउँछिन् ।

    यौन व्यवसायका लागि तथा पहिले एउटा काममा लगाएर पछि यौन व्यवसायमा संलग्न गराउने, तोकेकोभन्दा फरक काम गर्न लगाउने, तोकेर लगिएको तलब पनि नदिनेलगायतका शोषण प्रभावितमाथि हुने गरेको छ ।

    सरकारले केही वर्षयता घरेलु कामदारकारुपमा खाडी मुलुकमा श्रम स्वीकृति रोकेपछि अवैध बाटो हुँदै खाडी मुलुक जानेको संख्या बढिरहेको छ ।

    मानब बेचबिखन तथा ओसार–पसार नियन्त्रण ऐन र वैदेशिक रोजगारी ऐन दुवै पीडितमैत्री नभएको गुरुङको भनाइ छ । जसले गर्दा न्याय पाउन गाह्रो पर्ने र न्याय पाएपनि कार्यान्वयनमा चुनौती रहेको छ ।

    तर, समस्या के पनि छ भने बेचबिखनमा परेकाहरु पनि कानुनी प्रक्रियामा जान नचाहने, मिलेमतोमा नै आफ्नो समस्या सुल्झाउने गर्छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij