आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

क्यान इन्फोटेक माघ १५ देखि काठमाडौंमा, अफरदेखि आविष्कारसम्म

  • प्रकाशित मिति : बिहिबार, माघ १०, २०७५



  • कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले माघ तेस्रो साता आयोजना गर्न लागेको क्यान इन्फोटेक २०१९ को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको ५।

    ‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ई सेवा’ नाम दिइएको मेला माघ १५ देखि २० गतेसम्म चल्नेछ । सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठन क्यान महासंघले स्थापनाको दुई वर्षपछि सन् १९९५ देखि निरन्तर क्यान इन्फोटेक आयोजना गर्दै आएको छ ।

    काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सूचना प्रविधि मेलामा क्यान महासंघका सदस्य संस्थाका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ ।

    मेलामा एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला प्रविधि र उपकरणको अवलोकन तथा खरिद गर्न सकिने क्यानका महासचिव रञ्जीत कुमार पोदारले जानकारी दिए।

    उक्त अवसरमा नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिनेछन् ।
    स्किम
    क्यान महासंघले मेलाको यो संस्करणलाई विशेष बनाउन नयाँ–नयाँ स्किमहरु ल्याएको छ । सुबिसुले अवलोकनकर्तालाई लक्षित गरी ल्याएको नयाँ–नयाँ स्किमबारे मेलास्थलमै जानकारी गराउनेछ ।

    मेला अवलोकनकर्ताले विदेश भ्रमणदेखि स्वदेशकै पर्यटकीय स्थलसम्मको भ्रमणको अवसर पाउनेछन् । बम्पर पुरस्कारबापत इन्डोनेसियाको बाली र थाइल्यान्डको बैंकक भ्रमणका लागि एक÷एक जोडीले दुई रातका लागि खाने–बस्नेसहित जाने–आउने टिकट पाउनेछन् । ईसेवा बाट यी सबै सुविधा उपलब्ध गराइएको छ।

    त्यस्तै, दैनिक पुरस्कारअन्तर्गत काठमाडौंमा प्याराग्लाइडिङ, त्रिशूलीमा ¥याफ्टिङ, पोखरामा बन्जीजम्प अथवा जिपफ्लायर र केजीएच गु्रप अफ होटल्समा हरेक दिन एक जोडीलाई एक रात बस्ने सुविधा प्रदान गरिनेछ ।

    यसबाहेक, हरेक दिन पाँच जनालाई दुई हजार रुपैयाँबराबरको सपिङ भौचर प्रदान गरिनेछ । त्यस्तै, ६० जनालाई दुई सय रुपैयाँबराबरको फुड भौचर र मेलाका सहभागीमध्ये ६ जनाले प्रत्येक दिन मुभी टिकट पाउनेछन् । यो अफरमा सहभागी हुन मेला अवलोकनकर्ताले CAAN टाइप गरेर ३२१२१ मा पठाउनुपर्नेछ ।

    इसेवा र खल्ती एपबाट टिकट काटेमा १० प्रतिशत छुट पाइने क्यानले जानकारी दिएको छ।

    मेलामा रोबोट ब्याटल कम्पिटिसनको छुट्टै आकर्षण रहने आयोजकको अपेक्षो छ । मेलामा रहने रोबोटिक्स जोनमा पाँच दिनसम्म रोबोट ब्याटल कम्पिटिसन हुनेछ । जसमा मावि, उच्च मावि तथा इन्जिनिरिङ कलेजका विद्यार्थीले बनाएका रोबोटबीच ब्याटल कम्पिटिसन गराइनेछ ।

    त्यस्तै, मेलामा इन्नोभेसन प्याभिलन समेत रहनेछ । इन्नोभेसन प्याभिलनमा प्रविधिको प्रयोग गरी शिक्षा, स्वास्थ्य, कृषि तथा घरको बारेमा जानकारी दिइने छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij