आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘महेन्द्र राजमार्ग’ व्यक्तिको नाममा पास भएको खुलासा

  • प्रकाशित मिति : मङ्लबार, माघ २२, २०७५



  • रौतहट – ५३ वर्षअघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको खुलासा भएको छ । पूर्व–पश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरीकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिको नाममा पास गरेको खुलासा भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा सञ्जय कार्कीले लेखेका छन् ।

    राजमार्ग नदेखाइकनै पास गराउँदा राजस्व रकमसमेत चुहावट हुने गरेको रहस्य खुलेको छ । राजमार्गसँग जोडिएको जमिनको राजस्व फरक रहेको छ । यसैकारण नापी कार्यालयका कर्मचारीले राजमार्ग नदेखाईकनै जमिन कायम गर्ने गरेको पाइएको हो ।

    चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अधिकांश भूभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले व्यक्तिसँग मोटो रकम लिने गरेको आरोप समेत रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij