प्रकाशित मिति : शनिबार, माघ २६, २०७५
बारा । कलैया वीरगंज सडक खण्ड हिलाम्य भएको छ। सडक हिलाम्य भएपछि यात्रुहरुलाई ओहर दोहर गर्न सास्ती भोग्नु परेको छ।
ठेकेदारको लापरवाहीका कारण सडक हिलाम्य हुँदा साइकल र मोटरसाइकल यात्रुहरुका साथै सवारी चालकहरुलाई समेत समस्या भएको छ।

ठेकेदारले एकातर्फको बाटो निर्माण गर्नुको सट्टा नियम विपरित एकै पटक चारैतिर माटो हालेको कारण यात्रुहरुलाई शास्ती भएको नेपाल तरुण दल बाराका अध्यक्ष लोकेश सिहले आरोप लगाए।
लोडरले बाटो आज नै नसम्याए भोलिदेखि ठेकेदारको गाडी नियन्त्रणमा लिएर कारवाहीको माँग गर्दै आफूहरु आन्दोलित हुने अध्यक्ष सिहले चेतावनी दिए।

बाटो हिलाम्य हुँदा ठाउँ ठाउँमा मोटरसाइकल, उखु बोकेको ट्रयाक्टर पल्टिनुका साथै विरामी बोकेको एम्बुलेन्स समेत घण्टौ बाटो मै फसेको गुनासो सवारी चालकहरुले गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij