आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजीनामा दिने एसपीले भने : प्रहरी संगठनमा बसेर खुसी हुन सकिनँ

  • प्रकाशित मिति : सोमवार, माघ २८, २०७५



  • प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा असन्तुष्टि पोख्दै प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले पदबाट राजीनामा दिएका छन्।

    शनिबार १४ जना एसएसपीको बढुवा हुँदा छुटेपछि उप्रेतीले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई राजीनामा पत्र बुझाएका हुन्।

    उनको राजीनामाबारे निर्णयार्थ प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालय पठाउने तयारी गरेको छ।

    एसएसपी बढुवामा आवश्यक अंक नपुगेका कारण उनलाई समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृहको भनाइ छ।

    ‘बढुवामा अन्याय भयो। तर, केही गुनासो छैन। मैले स्वतन्त्र जीवन जिउने निर्णय गरेँ। सरकारको निर्णय, संगठनले निर्णय मान्छु। जागिर खाने नखाने मेरो कुरा हो,’ उप्रेतीले भने।

    २४ वर्ष संगठनमा बिताउँदा खुसी रहँदारहँदै पनि शनिबारको निर्णयले आफूलाई मर्माहत बनाएको उप्रेतीले दुखेसो पोखे।

    ‘संगठन र सरकारले कमजोर भनेपछि पदमा बस्न मन लागेन,’ उप्रेतीले भने, ‘म हिजोसम्म खुसी थिएँ, अब संस्थाभित्र बसेर खुसी हुन सक्दिनँ भन्ने लाग्यो र राजीनामा दिएँ।’

    आगामी दिनमा प्रहरी संगठनकै हितमा काम गर्ने बताउँदै उप्रेतीले स्वतन्त्र जीवन बिताउन चाहेको बताए।

    उप्रेती महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत थिए।

    शनिबार राति गृह मन्त्रालयले १६ जना प्रहरी उपरीक्षकलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस गरेको थियो।

    बढुवासूचीमै रहे पनि अंक नपुगेका कारण उनको नाम समावेश गर्न नसकिएको प्रधान कार्यालय र गृह स्रोतले बतायो।

    ‘चार वर्षको कार्यसम्पादन मूल्यांकनमा उहाँको दुई वर्ष सन्तोषजनक देखिएको थिएन, अंक पुगेन,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘उहाँसँग बाँकी छ वर्ष थियो, यसअवधिमा थुप्रै अवसर हुन्थे, राजीनामा नै अन्तिम विकल्प थिएन।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij