आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडौँमा सात महिनामा ७ सयभन्दा बढी मोटरसाइकल चोरी

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १, २०७५



  • यो आर्थिक वर्षको सात महिनाको अवधिमा काठमाडौँबाट ७ सय ४७ वटा मोटरसाइकल हराएको तथा चोरी भएको प्रहरीले जनाएको छ ।

    आर्थिक वर्ष २०७५/७६ मा हराएका र चोरी भएकामध्ये १ सय ८५ वटा सवारी खोजतलास गरी सम्बन्धित सवारी धनीलाई बुझाइएको छ । यसमा ४८ जनालाई मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ गरी कारवाही गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।

    यसमा ४२ वटा सवारीलाई अनुसन्धानपछि आवश्यक कारवाहीको लागि भन्सार पठाइएको छ ।

    यो आर्थिक वर्षमा ५ वटा चार पाङ्ग्रे सवारी साधनलाई अनुसन्धान पश्चात कारवाहीका लागि भन्सार पठाइएको छ भने चोरी भएको एउटा चार पाङ्ग्रेलाई सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

    पीडित सहायता इकार्यका प्रहरी निरिक्षक रुद्र बहादुर शाहीका अनुसार चोरी भएका दुई पाङ्ग्रै साधनहरु उपत्यका नजिकका विकट पहाडी जिल्लाहरुमा चल्ने गरेको पाइएको छ ।

    ‘गत महिना मात्र नुवाकोटबाट चोरी भएका १९ वटा मोटरसाइकल ल्याइएको थियो । अझै पक्राउ परेका ७ वटा मोटरसाइकल ल्याउन बाँकी रहेको छ,’ शाहीले भने ।

    उनका अनुसार काठमाडौँमा विभिन्न तरिकाले सवारी साधन चोरी हुने गरेका छन् । यसमा विशेष गरेर लामो समय पार्किङ गरिने सवारी साधान, एकान्तमा राखिएका, अस्पताल क्षेत्रमा राखिएका र अव्यवस्थित पार्किङमा राखिएका सवारीहरु चोरी हुने गरेका छन् ।

    ‘कहिले टेस्ट ड्राइभको नाममा पनि सवारी चोरी भएको पाएका छौँ,’ उनी भन्छन्, ‘कहिले त घरको कम्पाउण्डभित्रबाट नै सवारी चोरी भएको पाइएको छ ।’

    चोरी हुन नदिन सकेसम्म सवारीलाई सकेसम्म आफ्नो दृष्टि पुग्ने स्थानमा पार्क गर्ने तथा अत्याधुनिक प्रविधिको साथै अतिरिक्त लकको व्यवस्था गर्न उनको सुझाव छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij