आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बलिउड कलाकारलाई विस्थापित गर्दै विज्ञापनमा अनमोलको कब्जा, विज्ञापनबाट लाखौ कमाउँछन् उनी

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २, २०७५



  • काठमाडौँ । बलिउडका चर्चित कलाकारलाई देखिँदै आएको विज्ञापन ब्राण्डमा नायक अनमोल केसीले गरेका छन् विस्थापित । अब तपाईँले अनमोल केसीलाई देख्नसक्नुहुन्छ पहिलोपटक कुनै विज्ञापन ब्रान्डमा ।

    नेपाली सिनेमा इन्डष्ट्रिका चर्चित नायक अनमोल केसीलाई एउटा चर्चित ब्रान्डले ब्रान्ड एम्बेसडर बनाएको छ । आज हामी यस भिडियोमा यसै विषयमा केन्द्रित रही विशेष कुराकानी गर्नेछौँ ।

    विशेषगरी नेपाली विज्ञापन बजारमा भारतीय कलाकारहरूको दबदबा रहँदै आएको छ । ती कलाकारहरूको अनुहार हेर्दै नेपाली आवाज सुन्नुपर्ने नेपाली दर्शकहरूले एउटा पीडा पनि भोग्दै आएका छन् । तर, अब बिस्तारै नेपाली सिनेमाका कलाकारहरूले पनि त्यो एउटा क्रेज बनाउँदै गर्दा नेपाली कलाकारहरूले ती विज्ञापनबाट भारतीय कलाकारलाई विस्थापित गरिरहेका छन् र आफ्नो अधिपत्य पनि जमाउँदै आएका छन् ।

    नेपाली सिनेमा इन्डष्ट्रिका पछिल्लो समयका चर्चित नायक अनमोल केसी विज्ञापन बजारमा पनि आफूलाई यसरी दरिलो उपस्थिति गराउँदैछन् र विज्ञापन बजार कब्जा गर्दैछन् ।

    नायक केसीले पछिल्लो समयमा एउटा आइमार्स नाम गरेको एउटा मोबाइलमा पनि ब्रान्ड एम्बेसडरको रुपमा अनुबन्धित भइसकेका छन् भने केसीलाई प्रो स्टाइल नाम गरेको एउटा तेलको विज्ञापन जुन डाबरको प्रोडक्ट हो त्यसमा पनि देख्न सक्नुहुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij