प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५
काठमाडौ ।गायक दिपक चौलागाइको स्वरमा रहेकको ‘सिङ्गल मिङ्गल’ बोलको गीत बजारमा आएको छ।
अस्ट्रेलियाको सहर र बिचहरुमा छायांकन गरिएको यस गीतको शब्द मिलन बिस्टको रहेको छ भने संगीत नवीन रावल को रहेको छ । हाइ फाइभ कृउको डान्स रहेको गीतमा सैलेश हमाल, रिह शर्मा र गौरव घिमिरेले कोरियोग्राफी गरेका छन्।
अस्ट्रेलियाका विभिन्न बीच र सहरहरुमा खिचिएको भिडियोमा अस्ट्रेलियावासी नेपालिहरु सैलेश हमाल, सब्बु बास्तोला, गौरव घिमिरे, निस्चल खड्का, अन्जु भन्डारीको अभिनय र डान्स रहेको छ । गीतलाई सबिन किशोर मैनालीले निर्देशन गरेका हुन् ।
:
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij