आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

११ हजार ८३ नायव सुब्बा र खरिदारको समायोजन

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • काठमाडौं। सरकारले ११ हजार ८३ जना नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म नायब सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो । त्यसमध्ये ६ हजार चार सय ७७ जना नायब सुब्बा र ४ हजार ६ सय ६ जना खरिदार रहेका छन ।

    समायोजन भएका नायव सुब्बा मध्ये सामान्य प्रशासनतर्फ ५ हजार ८ सय २ रहेका छन् भने राजस्व तर्फ ६ सय ७५ जना रहेका छन्। त्यसमध्ये सामान्य प्रशासनतर्फ ३ हजार ३ सय १० जनाले संघ, १ हजार एक सय ५९ जनाले प्रदेश र १ हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्।

    त्यस्तै समायोजन भएका प्रशासन सेवा सामान्य प्रशासन समूहका ४ हजार ६ सय ६ जना खरिदार मध्ये संघमा ३ हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्।

    संघमा समायोजन भएका स्थानीय तथा प्रदेश तहमा कार्यरत कर्मचारीलाई तत्काल रमाना नदिइने भएको छ । संघमा समायोजन भए पनि तत्काल रमाना नदिइने मन्त्रालयले जनाएको छ । तर प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

    अहिले समायोजन हु“दा धेरैजसो सेवा र समूहमा संघको दरबन्दी पदपूर्ति हुने छ ।प्रदेश तथा स्थानीय तहमा रिक्त हुने अवस्था आएपछि दैनिक सेवा प्रवाह प्रभावित नहोस् भन्नका लागि संघबाट प्रदेश तथा स्थानीयमा खटाउने कार्यलाई प्राथमिकता दिने नीति अपनाइएको हो । तर कर्मचारीहरु घुमाईफिराई संघमै समायोजन भएपछि सो नीति कार्यान्वयनमा थप समस्या देखिएको मन्त्रालयका अधिकारीहरु बताउ“छन् । प्रदेश र स्थानीयबाट संघमा आउन केही समय लाग्ने पनि मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए।

    सो निर्णय अनुसार प्रदेश र स्थानीय तहका काजका लागि खटाइएका कर्मचारी अब संघमा समायोजन हु“दा पनि ६ महिनासम्म फर्किन पाउने छैनन् । ती कर्मचारी संघमा समायोजन भए पनि प्रदेश र स्थानीय तहमा पदपूर्ति नभएसम्म वा अन्य तवरले जनशक्ति व्यवस्थापन नभएसम्म छ महिनाका लागि काजमा खटाएर काम गराउने भन्ने निर्णय भएको मन्त्रालयले जनाएको छ । यस अघि ५७ सचिव, ६ सय ७६ सहसचिव, २ हजार ६ जना उपसचिव र १२ हजार अधिकृतको समायोजन भईसकेको छ। नेपाल समाचारपत्र दैनिक

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij