आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गाँजा खेतीलाई बैधानिकता दिनुपर्छ : सांसद खतिवडा

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • काठमाडौँ । प्रतिनिधिसभा सदस्य बिरोध खतिवडाले गाँजा खेतीलाई बैधानिकता दिन सरकारसंग माग गरेका छन्।

    प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले सरकारसंग उक्त माग गरेका हुन्।

    सांसदहरुले आज बसेको समानुपातिक र प्रत्यक्ष सांसदमा सरकारले गरेको विभेदको विरोधदेखि संबैधानिक निकायमा महिला सहभागीता र गाँजा खेतीलाई बैधानिकता दिनेसम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

    सांसदहरु उमा रेग्मी, लक्ष्मी परियार र राम बहादुर विष्टले स्थानीय पुर्वाधार विकास कार्यक्रम संञ्चालन नियमावलीमा प्रत्यक्ष र समानुपातिका सांसदलाई विभेद गरिएको भन्दै नियमावलको विरोध गरे। सांसद रेग्मीले स्थानीय निर्वाचन विकास साझेदारी कार्यक्रम संचालन नियमावली २०७५ मा प्रत्यक्ष र समानुपातिक सांसदलाई विभेद गरिएको भन्दै उनीहरुले विभेदकारी नियमावली परिर्वतन गर्न माग गरे।

    एउटै निर्वाचित प्रणालीबाट निर्वाचित सांसदलाई एउटालाई पहिलो र अर्कोलाई दोश्रो दर्जाको बनाउने नियमावली ‘समानुपातिक सांसदको तर्फबाट च्यात्न चाहन्छु’ भन्दै उनले नियमावलीलाई बैठक कक्षमै च्यातिन्।

    सांसद परियारले समानुपातिकलाई अंगिकृत र प्रत्यक्षलाई वंशजको अधिकार दिईएको भन्दै सबै सदस्यलाई समान हैसियतको व्यवहार गर्ने गरि नीति निर्देशिका बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

    सांसद राम बहादुर विष्टले राणाकालिन समयमा ए, बी र सी क्लासमा राणाहरुलाई वर्गिकरण गरेजस्तै सरकारले सत्तापक्षका प्रत्यक्षलाई ए, प्रतिपक्षका प्रत्यक्षलाई बी र सबै समानुपातिक सांसदलाई सी वर्गमा राखेको भन्दै नियमावलीमा भएको व्यवस्थाको विरोध गरे।

    स्थानीय विकास कार्यक्रम नियमावलीमा प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने गरि राष्ट्रियसभा, प्रतिनिधिसभाका समानुपातिक सदस्य सहितको समिति बनाई सोही समितिका संयोजकको निर्णय अनुसार स्थानीय तहमा पूर्वाधार विकासका कार्यक्रम छनौट गरि बजेट विनियोजन गर्ने व्यवस्था गरिएको छ । सो व्यवस्थाको समानुपातिक सांसदहरुले विरोध गर्दै आएका छन्।

    सांसद राधा ज्ञवालीले संबैधानिक आयोगहरुमा संविधानको भावना र मर्म अनुसार महिला सहभागिता गराउन माग गरिन्। प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij